insta insta

नेरुडे मिर्मिरे लघुवित्तले मोटरसाइकलहरु लिलामी गर्दै, कति पर्छ मूल्य ?

नेरुडे मिर्मिरे लघुवित्तले मोटरसाइकलहरु लिलामी गर्दै, कति पर्छ मूल्य ?
Advertisement Ads

नेरुडे मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्नो स्वामित्वमा रहेका ८ वटा मोटरसाइकल लिलामी गर्ने भएको छ। संस्थाले ‘जे जस्तो अवस्थामा छन्, सोही अवस्थामा’ बिक्री गर्न दोस्रोपटक शिलबन्दी बोलपत्र आह्वान गरेको हो।

लिलामीमा बजाज पल्सर १५० सीसी, यामाहा एसजेडआरआर १५० सीसी, यामाहा एफजेडएस भी३ १५० सीसी, हिरो ग्ल्यामर १२५ सीसी, यामाहा वाईबीआर ११० सीसी र हिरो होन्डा सुपर स्प्लेन्डर १२५ सीसीलगायतका मोटरसाइकल छन्।

यी मोटरसाइकलको न्यूनतम मूल्य ५५ हजारदेखि २ लाख ४० हजार रुपैयाँसम्म तोकिएको छ। सबैभन्दा बढी न्यूनतम मूल्य यामाहा एफजेडएस भी३ १५० सीसीका लागि २ लाख ४० हजार रुपैयाँ तोकिएको छ भने हिरो होन्डा सुपर स्प्लेन्डर १२५ सीसीको न्यूनतम मूल्य ५५ हजार रुपैयाँ छ।

बोलपत्र फारम संस्थाको कर्पोरेट कार्यालय, लोकन्थलीबाट ५०० रुपैयाँमा खरिद गर्न सकिनेछ। इच्छुक बोलपत्रदाताले आफूले कबोल गरेको कुल रकमको कम्तीमा १० प्रतिशत रकम धरौटीबापत जम्मा गरेको भौचर पनि बोलपत्रसँगै पेश गर्नुपर्नेछ।

बोलपत्र फारम भदौ ११ गते दिउँसो १२ बजेसम्म खरिद गर्न सकिनेछ भने शिलबन्दी बोलपत्र सोही दिन अपराह्न ३ बजेसम्म दर्ता गरिसक्नुपर्नेछ। प्राप्त बोलपत्र भदौ १५ गते अपराह्न ३ बजेपछि खोलिनेछ।

लिलामीमा सहभागी हुन इच्छुक व्यक्ति, फर्म वा संस्थाले आवश्यक परिचय तथा दर्तासम्बन्धी कागजात पेश गर्नुपर्नेछ। लिलामीका सवारी साधन सम्बन्धित शाखा तथा कार्यालयमा पुगेर भौतिक रूपमा हेर्न सकिने संस्थाले जनाएको छ।

nerude mirmire motorcycle auction notice 1787292656976 https://bajarkochirfar.com/nerude-mirmire-microfinance-is-auctioning-off-motorcycles-how-much-are-they-worth | %tags

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

guest
0 Comments
Oldest
Newest Most Voted

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स