नेप्सेमा ध्यान दिनुपर्ने महत्वपूर्ण सपोर्ट र रेजिस्टेन्स जोनहरू [भिडियोसहित]

Advertisement Ads

नेपाली सेयर बजार अहिले पनि करेक्सन चरणमै रहेको भन्दै टेक्निकल विश्लेषक सन्तोष सिंह लिङ्देनले लगानीकर्तालाई हतारमा लगानी निर्णय नगर्न सुझाव दिएका छन्। उनका अनुसार बजारले नयाँ उकालोको स्पष्ट संकेत दिनुअघि केही महत्वपूर्ण प्राविधिक स्तर (Key Levels) पार गर्न आवश्यक छ।

लिङ्देनका अनुसार हाल २६७० अंक बजारको महत्वपूर्ण सपोर्ट र २७०५ अंक प्रमुख रेजिस्टेन्सको रूपमा रहेको छ। बजारले २७०५ अंकभन्दा माथि बलियो कारोबार रकम (Volume) सहित टिक्न सके मात्रै नयाँ अप–स्विङ सुरु हुने सम्भावना देखिन्छ। त्यसअघि भने बजार अझै करेक्सनकै चरणमा रहेको उनको विश्लेषण छ।

उनले दीर्घकालीन रूपमा नेप्से २४५० देखि ३३५० अंकको दायराभित्र रहेको उल्लेख गर्दै अहिलेको अवस्थालाई ‘रेन्जिङ मार्केट’ को रूपमा व्याख्या गरेका छन्। उनका अनुसार यस्तो बजारमा सबै सेक्टर वा सबै कम्पनी एकैसाथ बढ्ने अवस्था नहुने भएकाले कम्पनी छनोटमा विशेष सावधानी अपनाउन आवश्यक छ।

लगानीकर्ताले गर्ने सबैभन्दा सामान्य गल्ती बजार बढिसकेपछि खरिद गर्ने र बजार घटेपछि डराएर बिक्री गर्ने रहेको लिङ्देनको भनाइ छ। टेक्निकल विश्लेषणका आधारमा सपोर्ट क्षेत्रमा खरिद गर्ने र रेजिस्टेन्स क्षेत्रमा नाफा सुरक्षित गर्ने रणनीति उपयुक्त हुने उनले बताएका छन्।

उनले बजारसम्बन्धी निर्णय अफवाह वा अनुमानका आधारमा नभई चार्ट, ट्रेन्ड र कारोबार रकम (Volume) को विश्लेषणका आधारमा गर्नुपर्नेमा जोड दिएका छन्।

“बजार कहाँ पुग्छ भन्ने अनुमान गर्नुभन्दा अहिले चार्टले के देखाइरहेको छ भन्ने आधारमा निर्णय लिनु उपयुक्त हुन्छ,” उनले भने।

लिङ्देनका अनुसार बजार अहिले पनि ‘वाच एन्ड वेट’ को अवस्थामै छ। यदि बजार २७०५ अंकभन्दा माथि बलियो रूपमा टिक्न सके नयाँ उकालोको संकेत देखिन सक्छ। तर २६७० अंकभन्दा तल झरेमा थप करेक्सनको सम्भावना पनि नकार्न नसकिने उनको विश्लेषण छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

guest
0 Comments
Oldest
Newest Most Voted

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स