भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री प्रतिभा रावल सुदूरपश्चिमका विभिन्न जिल्लाको भ्रमणमा जाने भएकी छन्। मन्त्री रावल भदौ ६ (भोलि) गतेदेखि केही दिन कञ्चनपुर, कैलालीलगायतका जिल्लाको भ्रमणमा रहने छिन्।
भ्रमणका क्रममा मन्त्री रावलले मन्त्रालयसँग सम्बन्धित जनगुनासो प्रत्यक्ष सुन्ने, सहकारीका समस्या सुन्ने तथा भूमिहीन र सुकुम्बासी नागरिकसँग भेटघाट गर्ने कार्यक्रम रहेको छ।
भ्रमणका क्रममा सरकारले गरिरहेका काम, हालसम्म भएका प्रगति तथा आगामी दिनमा अघि बढाइने कार्यक्रम र तयारीबारे समेत स्थानीय नागरिक तथा सरोकारवालालाई जानकारी दिने मन्त्री रावलले बताएकी छिन्।
मन्त्री रावलले स्थानीयस्तरमा पुगेर नागरिकका समस्या सुन्ने र समाधानका लागि आवश्यक पहल गर्ने उद्देश्यले भ्रमण गर्न लागेको बताइन् ।
















![सेयर बेच्नुअघि १५ दिने सूचना दिनुपर्ने व्यवस्थाबारे सेबोनसँग लगानीकर्ताको ३ घण्टा छलफल, कसले के भने? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/Stay-Updated-With.-2-3-150x150.png)

![Big Money ‘Exit’ हुँदैछ कि कित्ता थप्दैछ ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/rsHemoBw6BY-maxresdefault-150x150.jpg)

![‘स्वर्णिम बुल’ ल्याउने भनिएको ‘२१ बुँदे’ आउँदा पनि सेयर बजार घट्नुको रहस्य यस्तो [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/HMoqXi3QlE4-maxresdefault-150x150.jpg)
प्रतिकृया