सांग्रिला डेभलपमेन्ट बैंकले लाभांश घोषणा गर्यो, बोनस र नगद कति ?

सांग्रिला डेभलपमेन्ट बैंकले लाभांश घोषणा गर्यो, बोनस र नगद कति ?
Advertisement Ads

सांग्रिला डेभलपमेन्ट बैंकले आर्थिक वर्ष २०८२/८३ को सञ्चित मुनाफाबाट आफ्ना सेयरधनीलाई १०.५२६३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ। बैंक सञ्चालक समितिको सोमबार बसेको बैठकले बोनस सेयर र नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो।

बैंकको हाल कायम चुक्तापुँजी ३ अर्ब ७३ करोड ४० लाख ६८ हजार ५०५ रुपैयाँ ५३ पैसाको आधारमा प्रस्तावित कुल लाभांश रकम ३९ करोड ३० लाख ५९ हजार ८४२ रुपैयाँ ६९ पैसा बराबर रहेको छ।

प्रस्तावित लाभांशमध्ये ४ प्रतिशत बोनस सेयर रहेको छ। यसबापत १४ करोड ९३ लाख ६२ हजार ७४० रुपैयाँ २२ पैसा बराबरको बोनस सेयर वितरण गरिनेछ।

त्यस्तै, ६.५२६३ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरिएको छ। यसका लागि २४ करोड ३६ लाख ९७ हजार १०२ रुपैयाँ ४७ पैसा बराबरको रकम छुट्याइएको छ। उक्त नगद लाभांशमा बोनस सेयर तथा नगद लाभांशमा लाग्ने करसमेत समावेश छ।

बैंकले प्रस्तावित लाभांश तथा वित्तीय विवरण अन्तिम स्वीकृतिका लागि नेपाल राष्ट्र बैंकमा पेस गर्ने जनाएको छ। राष्ट्र बैंकबाट कुनै संशोधन, सुझाव वा निर्देशन प्राप्त भएमा त्यसलाई समावेश गरी प्रस्तावित लाभांश आगामी वार्षिक साधारणसभामा स्वीकृतिका लागि पेस गरिनेछ।

वार्षिक साधारणसभाबाट अनुमोदन तथा नेपाल राष्ट्र बैंकको स्वीकृतिपछि मात्रै सेयरधनीलाई प्रस्तावित लाभांश वितरण हुनेछ।

Screenshot 18 8 2026 95849 www.nepalstock.com https://bajarkochirfar.com/shangri-la-development-bank-has-announced-dividends-how-much-is-the-bonus-and-cash | %tags

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

guest
0 Comments
Oldest
Newest Most Voted

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स