सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले आर्थिक वर्ष २०८२/८३ को सञ्चित मुनाफाबाट १०.५२६३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ।
बैंकको भदौ ३० गते बसेको ४००औँ सञ्चालक समितिको बैठकले २२औँ वार्षिक साधारण सभा असोज २२ गते बिहीबार आयोजना गर्ने निर्णय गरेको हो। सभा तथा लाभांश वितरण प्रयोजनका लागि असोज ८ गतेदेखि साधारण सभा हुने दिन असोज २२ गतेसम्म सेयर दाखिल खारेज बन्द अर्थात् बुक क्लोज गर्ने बैंकले जनाएको छ। त्यसैले असोज ७ गतेसम्म कायम सेयरधनीले साधारण सभामा सहभागी हुन पाउनेछन् ।
बैंकले हाल कायम चुक्ता पुँजी ३ अर्ब ७३ करोड ४० लाख ६८ हजार ५०५ रुपैयाँ ५३ पैसा को आधारमा ४ प्रतिशत बोनस सेयर प्रस्ताव गरेको छ। बोनस सेयरको रकम १४ करोड ९३ लाख ६२ हजार ७४० रुपैयाँ २२ पैसा हुनेछ।
त्यस्तै, ६.५२६३ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरिएको छ। यसअनुसार नगद लाभांशको रकम २४ करोड ३६ लाख ९७ हजार १०२ रुपैयाँ ४७ पैसा रहेको छ। बोनस सेयर तथा नगद लाभांशमा लाग्ने करसमेत यसमा समावेश छ।
बैंकका अनुसार बोनस सेयर र नगद लाभांशसहित कुल लाभांश रकम ३९ करोड ३० लाख ५९ हजार ८४२ रुपैयाँ ६९ पैसा हुनेछ। प्रस्तावित लाभांश आगामी वार्षिक साधारण सभाबाट स्वीकृत भएपछि वितरण हुनेछ।


प्रतिकृया