आँखुखोला जलविद्युत कम्पनी लिमिटेडले ७० मेगावाट क्षमताको दुधकोशी–२ (जलेश्वर) जलविद्युत आयोजनामा १ अर्ब रुपैयाँसम्म लगानी गर्ने भएको छ।
कम्पनीको कात्तिक १८ गते बसेको सञ्चालक समितिको बैठकले दुधकोशी हाइड्रोपावर प्रालिले प्रवर्द्धन गर्न लागेको उक्त आयोजनामा लगानी गर्ने सैद्धान्तिक निर्णय गरेको हो।
आयोजनाको विस्तृत परियोजना विवरण अध्ययन गर्दा लगानी र प्रतिफलका दृष्टिले उपयुक्त देखिएकाले अंकित मूल्यमा १ अर्ब रुपैयाँसम्म लगानी गर्ने निर्णय भएको कम्पनीले जनाएको छ।

प्रतिकृया