आँखु खोला जलविद्युत कम्पनी लिमिटेडले आफ्नो १७औं र १८औं वार्षिक साधारण सभा आह्वान गरेको छ। कम्पनी सञ्चालक समितिको वैशाख १५ गते बसेको बैठकले आगामी जेठ ३१ गते सभा आयोजना गर्ने निर्णय गरेको हो।
उक्त साधारण सभा काठमाडौंको बालुवाटारस्थित बालुवाटार प्यालेसमा बिहान ९ बजेदेखि सुरु हुनेछ।
सभामा सर्वसाधारण सेयरधनीहरूको प्रतिनिधित्व गर्ने गरी १ जना महिलासहित ५ जना सञ्चालकको निर्वाचन/चयन गर्ने विशेष प्रस्ताव पेश गरिनेछ। साथै, सञ्चालक समितिबाट प्रस्तुत आव २०८०/८१ र २०८१/८२ का वार्षिक प्रतिवेदनहरू पारित गरिने कार्यक्रम छ।
त्यसैगरी, लेखापरीक्षकको प्रतिवेदनसहित दुवै आर्थिक वर्षका वासलात, नाफा–नोक्सान विवरण, नगद प्रवाह विवरण तथा सम्बन्धित अनुसूचीहरू माथि छलफल गरी अनुमोदन गरिनेछ। साथै आगामी आवका लागि लेखापरीक्षकको नियुक्ति र पारिश्रमिक निर्धारणसम्बन्धी प्रस्ताव पनि सभामा पारित गरिनेछ।
कम्पनीले साधारण सभा प्रयोजनका लागि जेठ २२ गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको छ। यस अनुसार जेठ २१ गतेसम्म नेप्सेमा कारोबार भई कायम रहेका सेयरधनीहरू मात्र सभामा सहभागी हुन योग्य हुनेछन्।








![Trend Analysis गरेर Share Market बढ्न वा घट्नसक्ने कुरा कसरी थाहा पाउने ? Technical Training Day 2 [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/08/81-m4gKqcN4-maxresdefault-768x432.jpg)






![Trend Analysis गरेर Share Market बढ्न वा घट्नसक्ने कुरा कसरी थाहा पाउने ? Technical Training Day 2 [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/08/81-m4gKqcN4-maxresdefault-150x150.jpg)




प्रतिकृया