लुम्बिनी विकास बैंक र प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सले संस्थापक समूहको सेयर बिक्रीमा ल्याएका छन्। दुवै कम्पनीले विद्यमान संस्थापक सेयरधनीलाई प्राथमिकता दिँदै सेयर खरिदका लागि आवेदन माग गरेका छन्।
लुम्बिनी विकास बैंकले संस्थापक समूहको १ लाख ५१ हजार ५८५ कित्ता सेयर बिक्रीमा राखेको छ। यसअघि विद्यमान संस्थापक सेयरधनीलाई ३५ दिनको समय दिइएको भए पनि उक्त अवधिमा सेयर खरिदका लागि आवेदन नपरेपछि सर्वसाधारण लगानीकर्ता तथा संस्थाका लागि सेयर बिक्री खुला गरिएको हो। बैंकको सेयर खरिद गर्न इच्छुक लगानीकर्ता तथा संस्थाले १५ दिनभित्र काठमाडौंको डिल्लीबजारस्थित बैंकको केन्द्रीय कार्यालयमा आवेदन दिन सक्नेछन्।
त्यस्तै, प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सले संस्थापक सेयरधनी नवराज अधिकारीको नाममा रहेको १३ हजार कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको छ। अधिकारीले आफ्नो नाममा रहेको सेयर बिक्री गर्न कम्पनीमा निवेदन दिएपछि कम्पनीले बिक्री प्रक्रिया अघि बढाएको हो। संस्थापक सेयरमा पहिलो प्राथमिकता विद्यमान संस्थापक सेयरधनीलाई दिनुपर्ने भएकाले हाल उक्त सेयर उनीहरूले मात्रै खरिद गर्न सक्नेछन्। इच्छुक संस्थापक सेयरधनीले सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र काठमाडौंको कमलादीस्थित कम्पनीको केन्द्रीय कार्यालयमा आवेदन दिनुपर्नेछ। तोकिएको अवधिभित्र विद्यमान संस्थापक सेयरधनीबाट आवेदन नपरेमा उक्त सेयर सर्वसाधारणका लागि बिक्री खुला गरिने कम्पनीले जनाएको छ।

प्रतिकृया