वाइनका बोतलमा आँखाले प्रस्ट देखिने लेदो भेटियो, बिक्री–वितरणमा रोक

वाइनका बोतलमा आँखाले प्रस्ट देखिने लेदो भेटियो, बिक्री–वितरणमा रोक
Advertisement Ads

काठमाडौंको गोकर्णेश्वर नगरपालिका–४ स्थित शुभ ओजस सप्लायर्समा भण्डारण गरिएको ठूलो परिमाणको वाइनमा आँखाले प्रस्ट देखिने गरी लेदोजस्तो पदार्थ भेटिएपछि बिक्री–वितरणमा रोक लगाइएको छ।

खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागसहितको संयुक्त अनुगमन टोलीले मकालु वाइन इन्डष्ट्रिजद्वारा उत्पादित ६५० मिलिलिटरका २ हजार २३२ बोतल र ४ लिटरका ६६ प्याकेट तथा झरुवारासी गोदावरीबाट उत्पादित ६५० मिलिलिटरका ४२० बोतल वाइनमा शंकास्पद पदार्थ भेटिएको जनाएको छ।

स्थानीय जनप्रतिनिधिको रोहबरमा ती सबै वाइन सम्बन्धित व्यवसायीकै जिम्मामा रहने गरी रोक्का गरिएको छ। थप परीक्षणका लागि वाइनको नमुना समेत संकलन गरिएको विभागले जनाएको छ।

यसै क्रममा संयुक्त टोलीले काठमाडौं उपत्यकाका २३ वटा खाद्य व्यवसाय, मार्ट, रेस्टुरेन्ट तथा उद्योगमा अनुगमन गरेको थियो। अनुगमनका क्रममा बुढानीलकण्ठ र चन्द्रागिरिका विभिन्न व्यवसायमा म्याद नाघेका खाद्य सामग्री फेला परेपछि नष्ट गरिएको छ भने सम्बन्धित व्यवसायीलाई खाद्य स्वच्छता र भण्डारणमा सुधार गर्न निर्देशन दिइएको छ।

Advertisement Ads

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

guest
0 Comments
Oldest
Newest Most Voted

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स