सिक्लेस हाइड्रोपावर लिमिटेडले आफ्ना सेयरधनीलाई १२.७०६ प्रतिशत बोनस सेयर र ०.६६९ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ।
कम्पनीको २०८३ असोज १९ गते बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०८२/८३ सम्मको सञ्चित मुनाफाबाट चुक्ता पुँजीको १२.७०६ प्रतिशत बोनस सेयर वितरण गर्ने निर्णय गरेको हो। उक्त बोनस सेयरको कुल मूल्य १२ करोड ४२ लाख १ हजार २७७ रुपैयाँ रहेको छ।
त्यस्तै, चुक्ता पुँजीको ०.६६९ प्रतिशत अर्थात् ६५ लाख ३६ हजार ९०९ रुपैयाँ ३२ पैसा नगद लाभांश वितरण गर्ने निर्णय भएको कम्पनीले जनाएको छ। उक्त नगद लाभांश कर प्रयोजनका लागि वितरण गरिनेछ।
कम्पनीले प्रस्तावित बोनस सेयर तथा नगद लाभांश वितरणका लागि विद्युत् नियमन आयोगको स्वीकृतिका लागि पेश गर्ने निर्णयसमेत गरेको छ।

प्रतिकृया