नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा एकैदिन ६ वटा कम्पनीको बोनस सेयर सूचीकृत भएको छ । सर्वोत्तम सिमेन्ट, सिक्लेस हाइड्रोपावर, छिमेक लघुवित्त वित्तीय संस्था, स्वावलम्बन लघुवित्त वित्तीय संस्था, स्वरोजगार लघुवित्त वित्तीय संस्था र सन नेपाल लाइफ इन्स्योरन्सको बोनस सेयर सूचीकृत भएको हो ।
सर्वोत्तम सिमेन्टको २४ लाख ८७ हजार ७५० कित्ता बोनस सेयर सूचीकरण गरिएको छ । यस कम्पनीले वितरण गरेको ५ प्रतिशत बोनस सेयर सूचीकृत भएको हो । उक्त सेयर डिम्याट खातामा जम्मा भएपछि कारोबार हुनेछ ।
सिक्लेस हाइड्रोपावरको १२ लाख ७५ हजार कित्ता बोनस सेयर सूचीकरण गरिएको छ । यस कम्पनीले वितरण गरेको १५ प्रतिशत बोनस सेयर सूचीकृत भएको हो । उक्त सेयर डिम्याट खातामा जम्मा भएपछि कारोबार हुनेछ ।
छिमेक लघुवित्त वित्तीय संस्थाको ४० लाख १९ हजार १८२.३३५ कित्ता बोनस सेयर सूचीकरण गरिएको छ । यस कम्पनीले वितरण गरेको १२.५प्रतिशत बोनस सेयर सूचीकृत भएको हो । उक्त सेयर डिम्याट खातामा जम्मा भएपछि कारोबार हुनेछ ।
स्वावलम्बन लघुवित्त वित्तीय संस्थाको ९ लाख ३३ हजार ७५० कित्ता बोनस सेयर सूचीकरण गरिएको छ । यस कम्पनीले वितरण गरेको ५.६३६५ प्रतिशत बोनस सेयर सूचीकृत भएको हो । उक्त सेयर डिम्याट खातामा जम्मा भएपछि कारोबार हुनेछ ।
स्वरोजगार लघुवित्त वित्तीय संस्थाको ११ लाख १७ हजार ९२.२७४३ कित्ता बोनस सेयर सूचीकरण गरिएको छ । यस कम्पनीले वितरण गरेको १४.२५ प्रतिशत बोनस सेयर सूचीकृत भएको हो । उक्त सेयर डिम्याट खातामा जम्मा भएपछि कारोबार हुनेछ ।
सन नेपाल लाइफ इन्स्योरन्सको २५ लाख १५ हजार ६१६ कित्ता बोनस सेयर सूचीकरण गरिएको छ । यस कम्पनीले वितरण गरेको ५ प्रतिशत बोनस सेयर सूचीकृत भएको हो । उक्त सेयर डिम्याट खातामा जम्मा भएपछि कारोबार हुनेछ ।







प्रतिकृया