छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक सेयरधनी पवन कुमार शर्माको नाममा रहेको ८ हजार ९६ कित्ता संस्थापक सेयर बिक्रीमा राखेको छ।
कम्पनीले सेयरको प्रतिकित्ता न्यूनतम मूल्य ५०० रुपैयाँ तोकेर बिक्रीमा राखेको हो। संस्थापक सेयर बिक्री गर्दा पहिलो प्राथमिकता कम्पनीकै विद्यमान संस्थापक सेयरधनीलाई दिइने व्यवस्था भएकाले हाल उक्त सेयर छिमेक लघुवित्तकै विद्यमान संस्थापक सेयरधनीहरूले मात्र किन्न सक्नेछन्।
सेयर खरीद गर्न इच्छुक संस्थापक सेयरधनीले आगामी ३५ दिनभित्र आवश्यक कागजातसहित आफूले किन्न चाहेको सेयरको संख्या खुलाएर काठमाडौं, मध्यबानेश्वरस्थित कम्पनीको केन्द्रीय कार्यालयमा निवेदन दिनुपर्नेछ।
यदि तोकिएको म्यादभित्र संस्थापक सेयरधनीहरूबाट निवेदन प्राप्त भएन भने बाँकी सेयर सर्वसाधारणका लागि बिक्री प्रक्रिया अघि बढाइने कम्पनीले स्पष्ट पारेको छ।




















प्रतिकृया