७३ प्रतिशत नागरिक अझै काउन्टरमै विद्युत् महसुल तिर्छन्, डिजिटल भुक्तानी गर्न ऊर्जामन्त्री श्रेष्ठको अपिल

७३ प्रतिशत नागरिक अझै काउन्टरमै विद्युत् महसुल तिर्छन्, डिजिटल भुक्तानी गर्न ऊर्जामन्त्री श्रेष्ठको अपिल
Advertisement Ads

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विद्युत् महसुल डिजिटल माध्यमबाट भुक्तानी गर्न नागरिकलाई अपिल गरेका छन्। उनका अनुसार अहिले पनि करिब ७३ प्रतिशत नागरिक विद्युत् महसुल तिर्न भौतिक रूपमा काउन्टरमा पुग्ने गरेका छन्।

मन्त्री श्रेष्ठले डिजिटल भुक्तानी बढाउन सचेत नागरिकको सहयोग आवश्यक रहेको बताएका छन्। डिजिटल माध्यमबाट महसुल तिर्दा नागरिकको समय र आवतजावत खर्च बचत हुने, नगद कारोबार घट्दा वित्तीय पारदर्शिता तथा सुरक्षा बढ्ने उनको भनाइ छ।

नेपाल विद्युत् प्राधिकरणका १२९ वितरण केन्द्रअन्तर्गतका प्रशाखामा हाल ६५५ वटा महसुल संकलन काउन्टर सञ्चालनमा रहेको मन्त्री श्रेष्ठले जानकारी दिएका छन्। ती काउन्टर सञ्चालनमा मात्रै वार्षिक करिब ५९ करोड ७९ लाख रुपैयाँ खर्च हुने र मासिक खर्च करिब ५ करोड रुपैयाँ पुग्ने उनले बताएका छन्।

काउन्टरमा हुने भीड घटाएर डिजिटल भुक्तानी बढाउन सके उक्त खर्च बचत गर्नुका साथै काउन्टर सञ्चालनमा खटिने जनशक्तिलाई अन्य आवश्यक ग्राहक सेवामा परिचालन गर्न सकिने मन्त्री श्रेष्ठको धारणा छ।

उनले परिवार, इष्टमित्र, छरछिमेकी तथा आफूले चिनेका नागरिकलाई डिजिटल भुक्तानीबारे जानकारी दिन र सिकाउन आग्रह गरेका छन्। विशेषगरी डिजिटल भुक्तानी गर्न नजान्ने ज्येष्ठ नागरिक तथा अभिभावकलाई सिकाउन उनले अनुरोध गरेका छन्।

Advertisement Ads

मन्त्री श्रेष्ठले डिजिटल भुक्तानीलाई केवल भुक्तानीको माध्यम परिवर्तन गर्ने विषय नभई नागरिकको समय बचत, सेवा सहजता, वित्तीय पारदर्शिता र सार्वजनिक स्रोतको प्रभावकारी उपयोगसँग जोडिएको अभियानका रूपमा अघि बढाउनुपर्ने बताएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

guest
0 Comments
Oldest
Newest Most Voted

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स