करदाता प्रोत्साहन उपहारको कुपन भोलि खुल्दै, खरिद बिलको विवरण आजसम्म भर्न सकिने

करदाता प्रोत्साहन उपहारको कुपन भोलि खुल्दै, खरिद बिलको विवरण आजसम्म भर्न सकिने
Advertisement Ads

आन्तरिक राजस्व विभागको करदाता प्रोत्साहन उपहार कार्यक्रमअन्तर्गतको उपहार कुपन भोलि भोलि असोज १६ गते दिउँसो १:०० खोलिने भएको छ। असोज १ देखि १५ गतेसम्म नगद भुक्तानी गरी वस्तु तथा सेवा खरिद गरेका उपभोक्ताले आज असोज १५ गतेभित्र खरिद बिलको विवरण भरेर गरी उपहार कुपन लिन सक्नेछन्।

विभागका अनुसार उपभोक्ताले Prize.ird.gov.np मा गई खरिद बिलसम्बन्धी विवरण प्रविष्ट गर्नुपर्नेछ। उक्त अवधिका कुपन भोलि खोलिने र विजेताको घोषणा गरिने विभागले जनाएको छ।

करदाता प्रोत्साहन उपहार कार्यक्रममा सहभागी भएर पुरस्कार प्राप्त गर्न खरिद बिल अनिवार्य गरिएको छ। त्यसैले वस्तु तथा सेवा खरिद गर्दा अनिवार्य रूपमा खरिद बिल लिन विभागले उपभोक्तालाई आग्रह गरेको छ।

त्यस्तै, वस्तु तथा सेवा बिक्री गर्दा अनिवार्य रूपमा बिक्री बिल/बीजक जारी गर्न व्यवसायीलाई पनि विभागले सूचित गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

guest
0 Comments
Oldest
Newest Most Voted

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स