कालंगा हाइड्रोको १ लाख ७५ हजार बढी कित्ता सेयरको लकइन सकिँदै

बजारको चिरफार
बजारको चिरफार
२०८३ कार्तिक १९ गते
Advertisement Ads
कालंगा हाइड्रोको १ लाख ७५ हजार बढी कित्ता सेयरको लकइन सकिँदै
Advertisement Ads

कालंगा हाइड्रो लिमिटेडको १ लाख ७५ हजार कित्ता साधारण सेयरको लकइन अवधि आगामी मंसिर २६ गते समाप्त हुने भएको छ।

कम्पनीले सार्वजनिक निष्काशनमार्फत जारी गरेको साधारण सेयरमध्ये सामूहिक लगानी कोषका लागि छुट्याइएको सेयरको ५ प्रतिशत बराबरको सेयर लकइनमा राखिएको थियो। प्रतिकित्ता १०० रुपैयाँका दरले उक्त सेयरको कुल मूल्य १ करोड ७५ लाख रुपैयाँ रहेको छ।

कम्पनीका अनुसार २०८३ जेठ २७ गते सेयर बाँडफाँड भएको मितिले गणना हुने लकइन अवधि नेपाल धितोपत्र बोर्डको निर्देशनअनुसार २०८३ मंसिर २६ गते समाप्त हुन लागेको हो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Kalanga Hydro Limited (KAHL)

कम्पनी सम्बन्धी अन्य समाचार

प्रतिकृया

guest
0 Comments
Oldest
Newest Most Voted

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स