पाँच वर्षदेखि नलिएको लाभांश लिन सांग्रिला डेभलपमेन्ट बैंकको आग्रह, नलिए कोषमा जम्मा हुने

बजारको चिरफार
बजारको चिरफार
२०८३ श्रावण २४ गते
पाँच वर्षदेखि नलिएको लाभांश लिन सांग्रिला डेभलपमेन्ट बैंकको आग्रह, नलिए कोषमा जम्मा हुने
AdvertisementAds

सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले पाँच वर्षभन्दा पुरानो नगद लाभांश लिन सम्बन्धित सेयरधनीलाई आग्रह गरेको छ।

बैंकका विगतका साधारणसभाबाट पारित लाभांशमध्ये गत आर्थिक वर्षसम्ममा पाँच वर्ष अवधि पूरा भइसकेको तर सम्बन्धित सेयरधनीले बुझिलिन बाँकी रहेको नगद लाभांश रहेको बैंकले जनाएको छ।

बाँकी लाभांश लिन सम्बन्धित सेयरधनीले काठमाडौंको लाजिम्पाटस्थित बैंकको सेयर रजिष्ट्रार एनआईएमबिएस क्यापिटलमा सम्पर्क गर्नुपर्नेछ।

तोकिएको अवधिमा लाभांश बुझिलिन नआएमा प्रचलित कानूनबमोजिम उक्त बाँकी नगद लाभांश लगानीकर्ता संरक्षण कोषमा जम्मा हुने बैंकले स्पष्ट पारेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स