माण्डु हाइड्रोपावरको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन, कति दिँदैछ लाभांश ?

माण्डु हाइड्रोपावरको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन, कति दिँदैछ लाभांश ?
Advertisement Ads

माण्डु हाइड्रोपावर लिमिटेडको लाभांश सुरक्षित गर्ने आज भदौ ४ गते अन्तिम दिन रहेको छ। कम्पनीले लाभांश तथा वार्षिक साधारणसभा प्रयोजनका लागि भोलि भदौ ५ गते बुक क्लोज गर्दैछ।

यसअनुसार आजसम्म कायम सेयरधनीले कम्पनीको लाभांश प्राप्त गर्नुका साथै साधारणसभामा सहभागी हुन पाउनेछन्।

कम्पनीले आर्थिक वर्ष २०८१/८२ र २०८२/८३ को १४औँ र १५औँ वार्षिक साधारणसभा एकैपटक भदौ १८ गते आयोजना गर्दैछ। सभा काठमाडौंको नयाँबजारस्थित नेपा बैंक्वेटमा बिहान १० बजेबाट सुरु हुनेछ।

साधारणसभाले आर्थिक वर्ष २०८२/८३ का लागि हाल कायम चुक्तापुँजी १ अर्ब ३६ करोड ३६ लाख ३७ हजार रुपैयाँको १२ प्रतिशत नगद लाभांश अनुमोदन गर्नेछ। यो लाभांश रकम १६ करोड ३६ लाख ३६ हजार ४४० रुपैयाँ बराबर हुनेछ, जसमा करसमेत समावेश छ।

त्यस्तै, आर्थिक वर्ष २०८१/८२ को सञ्चित मुनाफाबाट १०.५२६३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव छ। यसमध्ये १० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.५२६३ प्रतिशत नगद लाभांश रहेको छ।

सभाले दुवै आर्थिक वर्षको वार्षिक तथा लेखापरीक्षकको प्रतिवेदन पारित गर्नुका साथै चालु आर्थिक वर्षका लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारणसम्बन्धी प्रस्ताव पनि अनुमोदन गर्नेछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

guest
0 Comments
Oldest
Newest Most Voted

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स