माण्डु हाइड्रोपावरले गर्यो एकैपटक दुई आर्थिक वर्षको लाभांश घोषणा, बोनस र नगद कति ?

माण्डु हाइड्रोपावरले गर्यो एकैपटक दुई आर्थिक वर्षको लाभांश घोषणा, बोनस र नगद कति ?
Advertisement Ads

माण्डु हाइड्रोपावरले आर्थिक वर्ष २०८१/८२ र २०८२/८३ का लागि लाभांश घोषणा गरेको छ। कम्पनी सञ्चालक समितिको बुधबार बसेको बैठकले आर्थिक वर्ष २०८२/८३ को सञ्चित मुनाफाबाट हाल कायम चुक्तापुँजी १ अर्ब ३६ करोड ३६ लाख ३७ हजार रुपैयाँको १२ प्रतिशत, अर्थात् १६ करोड ३६ लाख ३६ हजार ४४० रुपैयाँ नगद लाभांश प्रस्ताव गरेको हो। उक्त नगद लाभांशमा करसमेत समावेश छ।

यस्तै, आर्थिक वर्ष २०८१/८२ को सञ्चित मुनाफाबाट १०.५२६३ प्रतिशत लाभांश वितरण गर्ने निर्णय भएको छ। जसमा १० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.५२६३ प्रतिशत नगद लाभांश रहेको छ।

प्रस्तावित लाभांश अनुमोदनका लागि कम्पनीले १४औँ तथा १५औँ वार्षिक साधारणसभा भदौ १७ गते काठमाडौंको नयाँबजारस्थित नेपा बैंक्वेटमा बिहान १० बजे बोलाएको छ। साधारणसभाबाट प्रस्ताव पारित भएपछि लाभांश सेयरधनीलाई वितरण गरिने कम्पनीले जनाएको छ।

Screenshot 13 8 2026 1083 www.nepalstock.com https://bajarkochirfar.com/mandu-hydropower-announces-dividends-for-two-fiscal-years-at-once-how-much-is-the-bonus-and-cash | %tags

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

guest
0 Comments
Oldest
Newest Most Voted

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स