माण्डु हाइड्रोपावरको २२ लाख बढी कित्ता सेयरको लकइन अवधि सकिँदै

बजारको चिरफार
बजारको चिरफार
२०८३ श्रावण २२ गते
माण्डु हाइड्रोपावरको २२ लाख बढी कित्ता सेयरको लकइन अवधि सकिँदै
AdvertisementAds

माण्डु हाइड्रोपावर लिमिटेडको १ करोड २२ लाख २२ हजार ५५३ कित्ता सेयरको लकइन अवधि आगामी भदौ २३ गते समाप्त हुने भएको छ। लकइन अवधि सकिएसँगै संस्थापक, आयोजना प्रभावित क्षेत्रका बासिन्दा तथा कर्मचारीको उक्त सेयर कारोबारका लागि खुला हुनेछ।

लकइन अवधि सकिने सेयरमध्ये संस्थापक सेयरधनीको १ करोड २० लाख कित्ता, आयोजना प्रभावित क्षेत्रका बासिन्दालाई बाँडफाँड गरिएको १ लाख ९३ हजार ७०० कित्ता र कम्पनीमा कार्यरत कर्मचारीलाई बाँडफाँड गरिएको २८ हजार ८५३ कित्ता सेयर रहेका छन्।

धितोपत्रसम्बन्धी व्यवस्थाअनुसार कम्पनीले सर्वसाधारणलाई आईपीओ बाँडफाँड गरेको मितिदेखि संस्थापक सेयरधनी, आयोजना प्रभावित क्षेत्रका बासिन्दा तथा कर्मचारीको सेयर तीन वर्षसम्म लकइनमा राख्नुपर्ने व्यवस्था छ।

माण्डु हाइड्रोपावरले २०८२ भदौ २४ गते सर्वसाधारणलाई आईपीओ बाँडफाँड गरेको थियो। सोही आधारमा सम्बन्धित सेयरको तीन वर्षे लकइन अवधि २०८५ भदौ २३ गते पूरा हुन लागेको हो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स