मिड सोलु हाइड्रोपावरको लाभांश घोषणा, बोनस र नगद कति ?

मिड सोलु हाइड्रोपावरको लाभांश घोषणा, बोनस र नगद कति ?
Advertisement Ads

मिड सोलु हाइड्रोपावर लिमिटेडले आर्थिक वर्ष २०८२/८३ को खुद मुनाफाबाट सेयरधनीलाई १५ प्रतिशत बोनस सेयर र ०.७८९ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ।

कम्पनीको २०८३ असोज ५ गते सोमबार बसेको सञ्चालक समितिको बैठकले उक्त लाभांश वितरण गर्ने निर्णय गरेको हो। प्रस्तावित लाभांश नियामक निकाय विद्युत् नियमन आयोगको स्वीकृति तथा कम्पनीको आगामी पाँचौँ वार्षिक साधारण सभाबाट अनुमोदन भएपछि मात्र सेयरधनीलाई वितरण गरिने कम्पनीले जनाएको छ।

कम्पनीको चुक्ता पुँजी ८६ करोड ६ लाख ६० हजार रुपैयाँ रहेको छ। सो पुँजीको १५ प्रतिशत बराबर १२ करोड ९० लाख ९९ हजार रुपैयाँको बोनस सेयर वितरण गरिनेछ।

त्यस्तै, ०.७८९ प्रतिशत बराबर ६७ लाख ९४ हजार ६८४ रुपैयाँ नगद लाभांश वितरण गर्ने प्रस्ताव गरिएको छ। उक्त नगद लाभांश कर प्रयोजनका लागि रहेको कम्पनीले जनाएको छ।

मध्य सोलु हाइड्रोपावरले सोलुखुम्बुको सल्लेरीमा ९.५ मेगावाट क्षमताको मध्य सोलु खोला जलविद्युत् आयोजना सञ्चालन गर्दै आएको छ।

Screenshot 22 9 2026 91534 www.nepalstock.com https://bajarkochirfar.com/mid-solu-hydropowers-dividend-announcement-how-much-is-the-bonus-and-cash-2 | %tags

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

guest
0 Comments
Oldest
Newest Most Voted

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स