मिड सोलु हाइड्रोपावर लिमिटेडका दुई आधारभूत सेयरधनीले आफूले धारण गरेको सेयर बिक्री गर्ने मनसाय सार्वजनिक गरेका छन्।
कम्पनीका अनुसार आधारभूत सेयरधनी विश्वकान्त गौतम र हाथवे इन्भेष्टमेन्ट नेपाल लिमिटेडले आगामी तीन महिनाभित्र सेयर बिक्री गर्ने मनसायसहित कम्पनीमा निवेदन दिएका छन्।
विश्वकान्त गौतमले २५ हजार कित्ता र हाथवे इन्भेष्टमेन्ट नेपाल लिमिटेडले १ लाख १५ हजार कित्ता सेयर बिक्री गर्न चाहेको कम्पनीले जनाएको छ। दुवै सेयरधनीले बिक्री गर्न चाहेको कुल सेयर संख्या १ लाख ४० हजार कित्ता रहेको छ।
नेपाल धितोपत्र बोर्डले आधारभूत सेयरधनीले आफूले धारण गरेको सेयरको ५ प्रतिशत वा सोभन्दा बढी सेयर बिक्री गर्नुअघि कम्तीमा १५ दिन अगावै जानकारी गराउनुपर्ने व्यवस्था गरेको छ। सोही व्यवस्थाअनुसार कम्पनीले सेयर बिक्री गर्ने मनसायसम्बन्धी जानकारी नेप्सेलाई गराएको हो।


प्रतिकृया