मिड सोलु हाइड्रोपावर लिमिटेडका आधारभूत सेयरधनी दीपेन्द्रबहादुर साउदले १ लाख कित्ता सेयर बिक्री गर्ने भएका छन्।
कम्पनीका अनुसार साउदले आफूले धारण गरेको सेयरमध्ये आगामी ३ महिनाभित्र १ लाख कित्ता सेयर बिक्री गर्ने मनसायसहित निवेदन दिएका छन्।
नेपाल धितोपत्र बोर्डको निर्देशनअनुसार आधारभूत सेयरधनीले आफूले धारण गरेको कुल सेयरको ५ प्रतिशत वा सोभन्दा बढी सेयर बिक्री गर्नुअघि कम्तीमा १५ दिन अगावै कम्पनीलाई जानकारी गराउनुपर्ने व्यवस्था छ। सोही व्यवस्थाअनुसार साउदले सेयर बिक्रीको मनसायबारे कम्पनीलाई जानकारी गराएका हुन्।
मिड सोलु हाइड्रोपावरको आयोजना सोलुखुम्बुको सल्लेरीमा रहेको ९.५ मेगावाट क्षमताको मध्य सोलु खोला जलविद्युत् आयोजना हो।


प्रतिकृया