निप्पोन फर्मास्युटिकलले आईपीओ निष्काशन गर्ने, बिक्री प्रबन्धकमा नबिल इन्भेष्टमेन्ट बैंकिङ

निप्पोन फर्मास्युटिकलले आईपीओ निष्काशन गर्ने, बिक्री प्रबन्धकमा नबिल इन्भेष्टमेन्ट बैंकिङ
Advertisement Ads

कोशी प्रदेशको मोरङस्थित निप्पोन फर्मास्युटिकल लिमिटेडले प्रारम्भिक सार्वजनिक निष्काशन (आईपीओ) गर्ने भएको छ। कम्पनीले आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकका रूपमा नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेडलाई नियुक्त गरेको छ।

यससम्बन्धी सम्झौतापत्रमा निप्पोन फर्मास्युटिकलका तर्फबाट प्रबन्ध निर्देशक मन्टु घिमिरे र नबिल इन्भेष्टमेन्ट बैंकिङका तर्फबाट प्रमुख कार्यकारी अधिकृत मनिष नारायण जोशीले हस्ताक्षर गरेका छन्।

मोरङको विराटनगर महानगरपालिका–१२, बखरीमा रहेको निप्पोन फर्मास्युटिकल WHO-GMP तथा अन्तर्राष्ट्रिय गुणस्तर मापदण्डअनुसार विभिन्न प्रकारका औषधी उत्पादन गर्दै आएको कम्पनी हो।

कम्पनीले ट्याबलेट, क्याप्सुल, तरल औषधी, मलम, क्रिम, जेल, ओआरएस, ड्राइ सिरप तथा पेनिसिलिनलगायतका औषधी उत्पादन गर्दै आएको जनाएको छ।

निप्पोन फर्मास्युटिकलको विधिवत् दर्ता सन् २००६ मा भएको थियो भने उद्योग स्थापना सन् २०१७ मा भएको हो। कम्पनीले स्थापना भएको पाँच वर्षपछि सन् २०२२ देखि व्यावसायिक उत्पादन तथा बजारीकरण सुरु गरेको जनाएको छ।

व्यावसायिक उत्पादन सुरु गरेको चार वर्षको अवधिमा कम्पनीले विभिन्न थेराप्युटिक सेगमेन्टका ६० भन्दा बढी उत्पादन बजारमा ल्याउन सफल भएको जनाएको छ।

“Wellbeing for All” अर्थात् “सबैका लागि सु–स्वास्थ्य” भन्ने मूल नाराका साथ सञ्चालनमा रहेको कम्पनीले देशमा आवश्यक पर्ने औषधीको उत्पादनमार्फत औषधीमा आत्मनिर्भरता बढाउन तथा राष्ट्रिय स्वास्थ्य सेवा प्रणालीमा योगदान पुर्‍याउने लक्ष्य राखेको जनाएको छ।

कम्पनीले विविध औषधिजन्य उत्पादनको विकास तथा उत्पादनमार्फत नेपाली औषधी बजारको आवश्यकता सम्बोधन गर्दै आएको जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

guest
0 Comments
Oldest
Newest Most Voted

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स