वर्षा र सहकालका देवता देवराज इन्द्रको पूजा–आराधना गरी आज परम्परागत रूपमा इन्द्रजात्रा पर्व मनाइँदैछ। प्रत्येक वर्ष भाद्र शुक्ल चतुर्दशीका दिन मनाइने यो पर्व काठमाडौं, ललितपुर, भक्तपुर, धुलिखेल, दोलखालगायतका स्थानमा विभिन्न परम्पराअनुसार मनाउने गरिन्छ।
इन्द्रजात्राको अवसरमा सरकारले आज असोज ९ गते शुक्रबार काठमाडौं उपत्यकामा सार्वजनिक बिदा दिएको छ। सार्वजनिक बिदाका कारण आज सेयर बजार, बैंक तथा वित्तीय संस्था र बीमा कम्पनीहरू बन्द रहनेछन्।
संघीय राजधानी काठमाडौंमै नेपाल स्टक एक्सचेन्ज (नेप्से)को कार्यालय रहेकाले उपत्यकामा सार्वजनिक बिदा हुँदा सेयर बजारको कारोबार पनि बन्द रहनेछ।
त्यसपछि असोज १० गते शनिबार र असोज ११ गते आइतबार नियमित साप्ताहिक बिदा परेकाले सेयर बजार लगातार तीन दिन बन्द हुनेछ। तीन दिनको बिदापछि असोज १२ गते सोमबारदेखि नेप्सेमा नियमित कारोबार पुनः सञ्चालन हुनेछ।

प्रतिकृया