साउन–भदौमा १२ वटा कम्पनीको लकइन खुल्दै, कुनको कति कित्ता सेयर बाहिरिँदै ?

साउन–भदौमा १२ वटा कम्पनीको लकइन खुल्दै, कुनको कति कित्ता सेयर बाहिरिँदै ?
Advertisement Ads

धितोपत्र दोस्रो बजारमा साउन र भदौभित्र १२ कम्पनीका लकइन सेयरको अवधि सकिँदैछ। लकइन अवधि सकिएसँगै ती सेयर दोस्रो बजारमा कारोबारयोग्य हुनेछन्।

साउन र भदौमा लकइन अवधि सकिन लागेका कम्पनीमा भुजुङ हाइड्रोपावर, अपर लोहोरे खोला हाइड्रोपावर, रिलायबल नेपाल लाइफ इन्स्योरेन्स, रिलायन्स स्पिनिङ मिल्स, मनकामना इन्जिनियरिङ हाइड्रोपावर, होटल फरेस्ट इन, सूर्यकुण्ड हाइड्रो इलेक्ट्रिक, रिज लाइन इनर्जी, सुपर खुदी हाइड्रोपावर, भगवती हाइड्रोपावर डेभलपमेन्ट, माण्डु हाइड्रोपावर र पाल्पा सिमेन्ट इन्डस्ट्रिज रहेका छन्।

सबैभन्दा पहिले भुजुङ हाइड्रोपावरको लकइन अवधि साउन २६ गते सकिँदैछ। कम्पनीका सामुहिक लगानी कोषको ५० हजार कित्ता सेयर लकइनबाट बाहिरिनेछ।

त्यसपछि अपर लोहोरे खोला हाइड्रोपावरको साउन २८ गते लकइन अवधि सकिनेछ। कम्पनीको २६ लाख प्रमोटर सेयर, २ लाख ६ हजार ७६० स्थानीय र ३९ हजार ७६५ कित्ता कर्मचारीको गरी २८ लाख ४६ हजार ५२४ कित्ता सेयर कारोबारयोग्य हुनेछ।

यस्तै, रिलायबल नेपाल लाइफ इन्स्योरेन्सको साउन ३० गते लकइन अवधि समाप्त हुनेछ। कम्पनीको ३ करोड ६३ लाख ७७ हजार ६०० कित्ता प्रमोटर सेयर र ७ लाख ७९ हजार ५२० कित्ता कर्मचारीको गरी ३ करोड ७१ लाख ५७ हजार १२० कित्ता सेयर लकइनबाट बाहिरिनेछ।

रिलायन्स स्पिनिङ मिल्सको भाद्र १ गते लकइन अवधि सकिनेछ। कम्पनीको ७ लाख ७० हजार ६४० कित्ता प्रमोटर सेयर कारोबारयोग्य हुनेछ।

मनकामना इन्जिनियरिङ हाइड्रोपावरको भदौ २ गते लकइन अवधि समाप्त हुनेछ। कम्पनीको ५२ लाख कित्ता प्रमोटर सेयर, १ लाख ८३ हजार ३८० कित्ता स्थानीय ४० हजार कर्मचारी कित्ता गरी कुल ५४ लाख २३ हजार ३८० कित्ता सेयर लकइनबाट बाहिरिनेछ।

Screenshot 10 8 2026 152444 www.aarthikdainik.com https://bajarkochirfar.com/lock-ins-of-12-companies-are-opening-in-shrawan-bhadra-how-many-shares-of-which-are-being-released | %tags

होटल फरेस्ट इनको भदौ ३ गते लकइन अवधि सकिँदैछ। कम्पनीको २ लाख कित्ता म्युचुअल फन्डको सेयर कारोबारयोग्य हुनेछ।

त्यसपछि सूर्यकुण्ड हाइड्रोको भदौ ४ गते लकइन अवधि समाप्त हुनेछ। कम्पनीको ३४ हजार ४८४ कित्ता म्युचुअल फन्डको सेयर लकइनबाट बाहिरिनेछ।

त्यस्तै, रिज लाइन इनर्जीको भदौ १३ गते लकइन अवधि सकिनेछ। कम्पनीको ७१ हजार १ सय कित्ता म्युचुअल फन्डको सेयर कारोबारयोग्य हुनेछ।

सुपर खुदी हाइड्रोपावरको भदौ १६ गते लकइन अवधि समाप्त हुनेछ। कम्पनीको ७७ हजार ५ सय कित्ता म्युचुअल फन्डको सेयर लकइनबाट बाहिरिनेछ।

यसैगरी, भगवती हाइड्रोपावर डेभलपमेन्टको भदौ १७ गते लकइन अवधि समाप्त हुनेछ। कम्पनीको ५० लाख ८६ हजार ७९९.२५ कित्ता प्रमोटर सेयर र ६ लाख ७८ हजार २३९.९० कित्ता स्थानीय २० हजार ३४७.२० कित्ता कर्मचारीको गरी कुल ५७ लाख ८५ हजार ३८६.३५ कित्ता सेयर लकइनबाट बाहिरिनेछ।

माण्डु हाइड्रोपावरको भदौ २३ गते लकइन अवधि सकिँदैछ। कम्पनीको १ करोड २० लाख कित्ता प्रमोटर सेयर र १ लाख ९३ हजार ७०० कित्ता स्थानीयको र २८ हजार ८५३ कित्ता कर्मचारीको गरी कुल १ करोड २२ लाख २२ हजार ५५३ कित्ता सेयर कारोबारयोग्य हुनेछ।

त्यसपछि पाल्पा सिमेन्ट इन्डस्ट्रिजको भदौ २९ गते लकइन अवधि सकिनेछ। कम्पनीको २ लाख ८१ हजार २५० कित्ता म्युचुअल फन्डको सेयर लकइनबाट बाहिरिनेछ।

763958116 1376525910477496 1281776936304822602 n https://bajarkochirfar.com/lock-ins-of-12-companies-are-opening-in-shrawan-bhadra-how-many-shares-of-which-are-being-released | %tags

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

guest
0 Comments
Oldest
Newest Most Voted

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स