भगवती हाइड्रोपावरको ५७ लाखभन्दा बढी कित्ता सेयरको लकइन अवधि सकिँदै

बजारको चिरफार
बजारको चिरफार
२०८३ श्रावण १४ गते
भगवती हाइड्रोपावरको ५७ लाखभन्दा बढी कित्ता सेयरको लकइन अवधि सकिँदै
AdvertisementAds

भगवती हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडको ५७ लाख ८५ हजार ३८६.३५ कित्ता सेयरको लकइन अवधि आगामी भदौ १७ गते समाप्त हुने भएको छ।

कम्पनीका अनुसार लकइन अवधि सकिन लागेका सेयरमध्ये संस्थापक सेयरधनीहरूको ५० लाख ८६ हजार ७९९.२५ कित्ता, आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाको ६ लाख ७८ हजार २३९.९० कित्ता तथा कर्मचारीलाई बाँडफाँड गरिएको २० हजार ३४७.२० कित्ता सेयर रहेका छन्।

कम्पनीले आईपीओ बाँडफाँड गरेको मितिदेखि तीन वर्षसम्म संस्थापक, आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा कर्मचारीलाई वितरण गरिएको सेयर लकइनमा राख्नुपर्ने व्यवस्था अनुसार यी सेयर रोक्का रहेका थिए।

लकइन अवधि समाप्त भएपछि भदौ १८ गतेदेखि उक्त सेयर नियमित रूपमा कारोबार गर्न सकिनेछ। यद्यपि, सञ्चालक तथा कम्पनीको उच्च व्यवस्थापकीय पदमा कार्यरत कर्मचारीको सेयर भने प्रचलित नियमअनुसार रोक्का नै रहने कम्पनीले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स