छ्याङ्दी हाइड्रोपावर लिमिटेडका आधारभूत सेयरधनी रामेश्वर थापाले आफ्नो नाममा रहेको २ लाख ८६ हजार ६५० कित्ता सेयर बिक्री गर्ने भएका छन्।
कम्पनीले नेपाल स्टक एक्सचेञ्ज (नेप्से) लाई पत्रमार्फत जानकारी गराउँदै थापाले आगामी तीन महिनाभित्र उक्त सेयर बिक्री गर्ने मनसायसहित निवेदन दिएको जनाएको छ।
कम्पनीका अनुसार थापाको सेयर बिक्रीसम्बन्धी मनसायपत्र २०८३ कात्तिक ८ गते कम्पनीमा प्राप्त भएको हो।
नेपाल धितोपत्र बोर्डले २०८३ असोज २३ गते जारी गरेको निर्देशनअनुसार आधारभूत सेयरधनीले आफूले धारण गरेको ५ प्रतिशत वा सोभन्दा बढी सेयर बिक्री गर्नुअघि पाँच कारोबार दिन अगावै जानकारी गराउनुपर्ने व्यवस्था छ।
सोही व्यवस्थाअनुसार कम्पनीले सेयर बिक्री गर्न चाहने आधारभूत सेयरधनीको विवरण नेप्सेलाई उपलब्ध गराएको हो।

प्रतिकृया