प्रतिकित्ता १०० रुपैयाँमै छ्याङ्दी हाइड्रोको सेयर किन्ने आज अन्तिम दिन, कहाँबाट दिने आवेदन ?

बजारको चिरफार
बजारको चिरफार
२०८२ श्रावण २१ गते
प्रतिकित्ता १०० रुपैयाँमै छ्याङ्दी हाइड्रोको सेयर किन्ने आज अन्तिम दिन, कहाँबाट दिने आवेदन ?

छ्याङ्दी हाइड्रोपावरले साउन १४ गतेबाट बिक्री खुला गरेका अवितरित हकप्रद सेयरमा आवेदन दिन आज (साउन २१ गते) अन्तिम दिन हो। कम्पनीले यसअघि जेठ २३ गतेदेखि असार २७ गतेसम्म हालको चुक्ता पूँजी ३८ करोड ६९ लाख ७७ हजार रुपैयाँ बराबरको १:१ अनुपातमा शतप्रतिशत हकप्रद सेयर बिक्री खुला गरेको थियो।

उक्त अवधिमा बिक्री हुन नसकेको २ लाख ९८ हजार ८३२ कित्ता सेयर अब लिलामी (बोलकबोल) प्रक्रिया मार्फत बिक्री गरिँदैछ। इच्छुक व्यक्ति, संस्था वा कम्पनीले साउन २१ गतेभित्र तोकिएको संकलन केन्द्रमा निवेदन फाराम बुझाउनु पर्नेछ, जसमा प्रति कित्ता कति मूल्यमा सेयर खरिद गर्न चाहेको हो भन्ने स्पष्ट उल्लेख गर्नुपर्नेछ।

बोलपत्र फारम ग्लोबल आइएमई क्यापिटलको प्रधान कार्यालय नक्साल, काठमाडौंका साथै ग्लोबल आइएमई बैंकका शाखा कार्यालयहरू — बिर्तामोड, विराटनगर, बीरगञ्ज, जनकपुर, नारायणगढ, न्युरोड, बुटवल, हेटौंडा, घोराही, धनगढी र महेन्द्रनगरबाट प्राप्त गर्न सकिनेछ।

बिक्रीमा राखिएका सेयरहरूमा जो कोही व्यक्ति वा संस्था सहभागी भई बोलपत्र पेस गर्न सक्नेछन्। न्यूनतम मूल्य प्रतिकित्ता १०० रुपैयाँ तोकिएको छ, त्यसैले लगानीकर्ताले कम्तीमा सो मूल्य वा सोभन्दा बढी दरमा बोलकबोल गर्नु पर्नेछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स