छ्याङ्दी हाइड्रोपावर लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। प्रकाशित विवरणअनुसार, कम्पनीको नोक्सानी अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा घटेर ४ करोड ९७ लाख रुपैयाँमा सीमित भएको छ। अघिल्लो वर्षको सोही अवधिमा कम्पनीले ५ करोड ३७ लाख रुपैयाँ नोक्सानी व्यहोरेको थियो।
कम्पनीको नोक्सानी घट्नुमा विद्युत बिक्री आम्दानी बढ्नु र वित्तीय खर्च घट्नु मुख्य कारण रहेको छ। समीक्षा अवधिमा कम्पनीको विद्युत बिक्री आम्दानी ९ करोड ९७ लाख रुपैयाँबाट बढेर १४ करोड १ लाख रुपैयाँ पुगेको छ भने वित्तीय खर्च १० करोड ३६ लाख रुपैयाँबाट घटेर ९ करोड ६५ लाख रुपैयाँमा सीमित भएको छ।
कम्पनीको चुक्ता पूँजी ३८ करोड ६९ लाख रुपैयाँ रहेको छ भने रिटेन्ड अर्निङ्ग २० करोड ६९ लाख रुपैयाँ ऋणात्मक रहेको छ। समीक्षा अवधिमा कम्पनीको प्रतिसेयर आम्दानी १२ रुपैयाँ ८५ पैसा ऋणात्मक रहेको छ भने प्रतिसेयर नेटवर्थ ५१ रुपैयाँ ४२ पैसा कायम भएको छ।
अन्य कम्पनीहरूको चौथो त्रैमासको वित्तीय विवरण सहज रूपमा पढ्न हामीलाई Facebook मा Follow गर्नुहोस्।

















प्रतिकृया