भोलिदेखि सर्वसाधारणले प्रतिकित्ता १०० रुपैयाँमै छ्याङ्दी हाइड्रोपावरको सेयर किन्न पाउने

बजारको चिरफार
बजारको चिरफार
२०८२ श्रावण १३ गते
भोलिदेखि सर्वसाधारणले प्रतिकित्ता १०० रुपैयाँमै छ्याङ्दी हाइड्रोपावरको सेयर किन्न पाउने

छ्याङ्दी हाइड्रोपावर लिमिटेडले २ लाख ९८ हजार ८३२ कित्ता हकप्रद सेयर लिलामी बिक्रीमा ल्याएको छ। कम्पनीले गत जेठ २३ देखि असार २७ गतेसम्म हकप्रद सेयर निष्काशन गरेको थियो। तर, सो अवधिमा आवेदन नपरेका बाँकी सेयर अब लिलामीमार्फत बिक्री गर्न लागिएको हो।

कम्पनीले प्रतिकित्ता न्यूनतम १०० रुपैयाँमा आवेदन खुला गरेको छ। इच्छुक व्यक्तिहरूले भोलि (साउन १४ गतेदेखि २१ गतेसम्म आवेदन दिन सक्नेछन्। आवेदन गर्दा न्यूनतम १०० कित्ताबाट सुरु गर्नुपर्नेछ र सोभन्दा बढी आवेदन दिन चाहिने भए १० को गुणा हुने संख्यामा वा सबै बाँकी कित्ताका लागि पनि आवेदन दिन सकिनेछ। त्यसैले कम्तिमा पनि १० हजार रुपैयाँको लगानी आवश्यक हुनेछ।

यस लिलामीमा कम्पनीका विद्यमान संस्थापक सेयरधनी, सर्वसाधारण, कम्पनी, संघसंस्था लगायत सबै इच्छुक व्यक्तिहरूले सहभागी हुन सक्नेछन्।

उपत्यकामा बसोबास गर्नेले आवेदन फाराम बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेडको काठमाडौं, नक्सालस्थित कार्यालयबाट प्राप्त गर्न सक्नेछन्। उपत्यका बाहिरका लागि भने ग्लोबल आइएमई बैंकका विर्तामोड, हनुमानदास रोड–विराटनगर, जनकपुर, आदर्शनगर–वीरगंज, हेटौंडा, नारायणगढ, नूरोड–पोखरा, मिलनचोक–बुटवल, बाग्लुङ, त्रिभुवनचोक–नेपालगञ्ज, सुर्खेत, घोराही, धनगढी र महेन्द्रनगर शाखा कार्यालयहरूबाट आवेदन फाराम प्राप्त गर्न सकिने व्यवस्था गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स