भगवती हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडका दुई आधारभूत शेयरधनीले आफूले धारण गरेको सेयरको ५० प्रतिशत हिस्सा बिक्री गर्ने भएका छन्।
कम्पनीले नेपाल धितोपत्र बोर्डको निर्देशनअनुसार उक्त जानकारी नेपाल स्टक एक्सचेन्ज (नेप्से) मार्फत सार्वजनिक गरेको हो। बोर्डले ५ प्रतिशत वा सोभन्दा बढी सेयर बिक्री गर्न चाहने आधारभूत सेयरधनीले बिक्री गर्नुभन्दा कम्तीमा १५ दिनअघि सम्बन्धित कम्पनीलाई जानकारी गराउनुपर्ने व्यवस्था गरेको छ।
कम्पनीका अनुसार रोशन के.सी. ले आफूले धारण गरेको ५ लाख ४० हजार २५३ कित्ता सेयरमध्ये ५० प्रतिशत बिक्री गर्न जानकारी दिएका छन्।
त्यस्तै, प्रज्ञा थापाले आफ्नो नाममा रहेको १ लाख ५२ हजार ६०३ कित्तामध्ये ५० प्रतिशत सेयर बिक्री गर्न चाहेको जानकारी कम्पनीलाई गराएकी छन्।


प्रतिकृया