आज कार्तिक २ गते, आइतबार, भगवती हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेड र सानिमा बैंक लिमिटेड दुवै कम्पनीको वार्षिक साधारण सभा बस्दैछ।
भगवती हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडको २५औं वार्षिक साधारण सभा आज बिहान ११:०० बजे पोखराको आव्या क्लब, घारीपाटनमा सुरु हुँदैछ। सभामा आर्थिक वर्ष २०८१/८२ को मुनाफाबाट १४ प्रतिशत बोनस सेयर र ६ प्रतिशत नगद लाभांश (करसहित) वितरण गर्ने प्रस्ताव पारित गरिनेछ।
साथै, सञ्चालक समितिको वार्षिक प्रतिवेदन, लेखापरीक्षण प्रतिवेदनसहितको वासलात, नाफा–नोक्सान हिसाब तथा नगद प्रवाह विवरण स्वीकृत गर्ने, आगामी आर्थिक वर्ष २०८२/८३ का लागि लेखापरीक्षकको नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने प्रस्तावमा छलफल हुनेछ। साधारण सभा प्रयोजनका लागि कम्पनीले असोज २१ गते बुक क्लोज गरेको थियो, जसअनुसार असोज २० गतेसम्मका सेयरधनी लाभांशका हकदार रहेका छन्।
सानिमा बैंक कम्पनी लिमिटेडको २१औं वार्षिक साधारण सभा आज बिहान १०:०० बजे काठमाडौंको आम्रपाली बैंक्वेट, भाटभटेनीमा हुँदैछ। सभामा ७.३६८५ प्रतिशत नगद लाभांश (करसहित) वितरण गर्ने प्रस्ताव पारित हुनेछ। साथै, ८.२५ प्रतिशत सानिमा अबिमोच्य असञ्चिति अग्राधिकार सेयर रु २ अर्ब बराबर (रु १०० प्रति सेयर) जारी गर्ने प्रस्ताव पनि स्वीकृत गरिनेछ।
सभाले आर्थिक वर्ष २०८१/८२ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदनसहितको वासलात, नाफा–नोक्सान विवरण, नगद प्रवाह विवरण तथा सानिमा क्यापिटल र सानिमा सेक्युरिटिजको एकीकृत वित्तीय विवरण छलफल गरी पारित गर्नेछ। साधारण सभा प्रयोजनका लागि बैंकले असोज २७ गते बुक क्लोज गरेको थियो, जसअनुसार असोज २६ गतेसम्मका सेयरधनी लाभांशका हकदार छन्।








![Trend Analysis गरेर Share Market बढ्न वा घट्नसक्ने कुरा कसरी थाहा पाउने ? Technical Training Day 2 [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/08/81-m4gKqcN4-maxresdefault-768x432.jpg)






![Trend Analysis गरेर Share Market बढ्न वा घट्नसक्ने कुरा कसरी थाहा पाउने ? Technical Training Day 2 [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/08/81-m4gKqcN4-maxresdefault-150x150.jpg)




प्रतिकृया