भगवती हाइड्रोपावरको बोनस सेयर सेयरधनीहरुको डिम्याट खातामा जम्मा

बजारको चिरफार
बजारको चिरफार
२०८२ फाल्गुन २६ गते
भगवती हाइड्रोपावरको बोनस सेयर सेयरधनीहरुको डिम्याट खातामा जम्मा

भगवती हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले सेयरधनीलाई वितरण गर्ने घोषणा गरेको बोनस सेयर सम्बन्धित डिम्याट खातामा पठाउन सुरु गरेको छ।

कम्पनीको कात्तिक २ गते सम्पन्न २५औँ वार्षिक साधारणसभाले सेयरधनीलाई १४ प्रतिशत बोनस सेयर वितरण गर्ने प्रस्ताव पारित गरेको थियो। सोही निर्णयअनुसार बोनस सेयर वितरण प्रक्रिया अघि बढाइएको कम्पनीले जनाएको छ।

साधारणसभा तथा लाभांश वितरण प्रयोजनका लागि कम्पनीले असोज २१ गते बुक क्लोज गरेको थियो। त्यसअनुसार असोज २० गतेसम्म नेप्सेमा कायम रहेका सेयरधनीहरूले उक्त बोनस सेयर प्राप्त गरेका छन्।

कम्पनीका अनुसार बोनस सेयर बापतको ८ लाख ३२ हजार ९२६ कित्ता सेयर नेपाल स्टक एक्सचेञ्ज (नेप्से) तथा सीडीएस एण्ड क्लियरिङ्ग लिमिटेड मा सूचीकृत तथा दर्ता भइसकेको छ।

कम्पनीले फागुन १९ गतेदेखि नै सेयरधनीहरूको डिम्याट खातामा बोनस सेयर पठाउन थालेको जनाएको छ। सूचीकृत भइसकेकाले बोनस सेयर प्राप्त गर्ने सेयरधनीहरूले उक्त सेयरको कारोबार समेत गर्न सक्नेछन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स