हाथवे इन्भेष्टमेन्ट नेपाल लिमिटेडका आधारभूत सेयरधनी हेम राज ढकालले आफ्नो नाममा रहेको २० लाख कित्ता सेयर बिक्री गर्ने भएका छन्।
नेपाल धितोपत्र बोर्डको निर्देशनअनुसार कम्पनीका आधारभूत सेयरधनीले आफूले धारण गरेको ५ प्रतिशत वा सोभन्दा बढी सेयर बिक्री गर्नुअघि कम्तीमा १५ दिन अगावै जानकारी गराउनुपर्ने व्यवस्था छ।
सोही व्यवस्थाअनुसार ढकालले आगामी तीन महिनाभित्र २० लाख कित्ता सेयर बिक्री गर्ने मनसायसहित २०८३ असोज ८ गते कम्पनीमा निवेदन दिएका हुन्।
हाथवे इन्भेष्टमेन्ट नेपालको बिहीबारको अन्तिम कारोबार मूल्य प्रतिकित्ता ४५२ रुपैयाँ ९० पैसा रहेको छ। उक्त मूल्यलाई आधार मान्दा ढकालले बिक्री गर्न लागेको २० लाख कित्ता सेयरको बजार मूल्य करिब ९० करोड ५८ लाख रुपैयाँ हुन्छ। यद्यपि, सेयरको वास्तविक बिक्री मूल्य कारोबार हुने दिनको बजार मूल्यअनुसार फरक पर्न सक्नेछ।


प्रतिकृया