माण्डु हाइड्रोपावर लिमिटेडले सेयरधनीहरूका लागि लाभांश घोषणा गरेको छ।
कम्पनीको जेठ १८ गते बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०८१/८२ को मुनाफाबाट लाभांश वितरण गर्ने निर्णय गरेको हो।
निर्णयअनुसार, हालको चुक्तापूँजी १ अर्ब ३६ करोड ३६ लाख ३७ हजार रुपैयाँको १० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.५२६३ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरिएको छ। यसरी कुल १०.५२६३ प्रतिशत लाभांश वितरण गर्ने योजना रहेको कम्पनीले जनाएको छ।
उक्त लाभांश विद्युत नियमन आयोगबाट स्वीकृति प्राप्त भएपछि र आगामी वार्षिक साधारणसभाबाट अनुमोदन भएपछि मात्र सेयरधनीहरूलाई वितरण गरिनेछ।


प्रतिकृया