दुई कम्पनीको संस्थापक सेयर बिक्रीमा, क-कसले किन्न पाउने ?

दुई कम्पनीको संस्थापक सेयर बिक्रीमा, क-कसले किन्न पाउने ?
Advertisement Ads

नेपाल इन्भेष्टमेन्ट मेगा बैंक र सिटिजन्स बैंक इन्टरनेसनलले संस्थापक समूहको सेयर बिक्रीमा ल्याएका छन्। सम्बन्धित संस्थापक सेयरधनीले आफ्नो नाममा रहेको सेयर बिक्रीका लागि निवेदन दिएपछि दुवै बैंकले बिक्री प्रक्रिया अघि बढाएका हुन्।

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले २ लाख ५१ हजार ५३४ कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको छ। उक्त सेयर खरिद गर्न इच्छुक साविक समूह ‘क’ का विद्यमान संस्थापक सेयरधनीले सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र बैंकलाई लिखित जानकारी दिनुपर्नेछ।

त्यस्तै, सिटिजन्स बैंकले ६० हजार कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको छ। बैंकका संस्थापक सेयरधनी चन्द्र इन्भेष्टमेन्टले आफ्नो नाममा रहेको सेयर बिक्रीका लागि निवेदन दिएपछि बैंकले बिक्री प्रक्रिया अघि बढाएको हो।नेपाल राष्ट्र बैंकको निर्देशनअनुसार प्रारम्भिक चरणमा उक्त सेयर बैंककै विद्यमान संस्थापक सेयरधनीले मात्र खरिद गर्न पाउनेछन्। इच्छुक संस्थापक सेयरधनीले ३५ दिनभित्र आवश्यक कागजातसहित सिटिजन्स बैंकको नारायणहिटीस्थित केन्द्रीय कार्यालयमा निवेदन दिनुपर्नेछ।

तोकिएको अवधिमा विद्यमान संस्थापक सेयरधनीबाट आवेदन नपरेमा वा सेयर पूर्ण रूपमा बिक्री नभएमा बाँकी सेयर सर्वसाधारणलाई बिक्री गरिने दुवै बैंकले जनाएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

guest
0 Comments
Oldest
Newest Most Voted

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स