कर्जा नतिरेपछि रुप ज्योतीको ५७ करोड ९७ लाख बढीको जग्गा लिलामी गर्दै राष्ट्रिय वाणिज्य बैंक

कर्जा नतिरेपछि रुप ज्योतीको ५७ करोड ९७ लाख बढीको जग्गा लिलामी गर्दै राष्ट्रिय वाणिज्य बैंक
Advertisement Ads

राष्ट्रिय वाणिज्य बैंकले कर्जा चुक्ता नभएपछि उद्योगी रुप ज्योतीको स्वामित्वमा रहेको पर्सास्थित ६१ हजार वर्गमिटरभन्दा बढी जग्गा लिलाम बिक्री गर्ने भएको छ। बैंकले एनजिएम इन्जिनियरिङ एन्ड सेल्स प्रालिको धितोमा रहेको उक्त सम्पत्ति बिक्रीका लागि सिलबन्दी बोलपत्र आह्वान गरेको हो।

बैंकले ऋणी तथा जमानीकर्तालाई ३५ दिनभित्र सम्पूर्ण साँवा, ब्याज तथा अन्य दस्तुर चुक्ता गरी धितो फुकुवा गर्न सार्वजनिक सूचनामार्फत आग्रह गरेको छ।

एनजिएम इन्जिनियरिङ एन्ड सेल्स प्रालिले राष्ट्रिय वाणिज्य बैंकबाट चालू पुँजी कर्जा, ब्रिज ग्याप कर्जा १ र ब्रिज ग्याप कर्जा ३ गरी तीन शीर्षकमा कर्जा लिएको थियो। उक्त कर्जाको सुरक्षणका लागि व्यक्तिगत तथा संस्थागत जमानीकर्ताका रूपमा डा. रुप ज्योति, अभिक ज्योति, सुरुचि ज्योति र उपष्ठान एन्ड कम्पनी प्रालि रहेका छन्।

बैंकले लिलामीमा राखेको धितो पर्साको मालपोत कार्यालय वीरगञ्जमा दर्ता रहेको चोर्नी–२ स्थित कित्ता नम्बर १३ र १५ को जग्गा हो। कित्ता नम्बर १३ को क्षेत्रफल ३३ हजार १७५ वर्गमिटर र कित्ता नम्बर १५ को क्षेत्रफल २८ हजार ९५ वर्गमिटर रहेको छ।

यसरी दुवै कित्ताको कुल क्षेत्रफल ६१ हजार २७० वर्गमिटर रहेको छ। बैंकले उक्त धितो सम्पत्तिको न्यूनतम मूल्य ५७ करोड ५७ लाख २१ हजार रुपैयाँ तोकेको छ।

बैंकका अनुसार तोकिएको ३५ दिनभित्र कर्जा चुक्ता नभएमा धितो सम्पत्ति सकार गर्न इच्छुक व्यक्ति वा संस्थाले सूचना प्रकाशित भएको ३६औँ दिनदेखि ५०औँ दिनभित्र सम्बन्धित शाखा कार्यालयमा कार्यालय समयभित्र पुग्ने गरी सिलबन्दी बोलपत्र पेस गर्नुपर्नेछ।

Screenshot 20 8 2026 115320 epaper.gorkhapatraonline.com https://bajarkochirfar.com/rastriya-banijya-bank-is-auctioning-roop-jyotis-land-worth-over-rs-579-7-million-after-he-failed-to-repay-the-loan | %tags

Screenshot 20 8 2026 12045 https://bajarkochirfar.com/rastriya-banijya-bank-is-auctioning-roop-jyotis-land-worth-over-rs-579-7-million-after-he-failed-to-repay-the-loan | %tags

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

guest
0 Comments
Oldest
Newest Most Voted

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स