शेयर हबले सेयर बजारमा प्राविधिक विश्लेषण सिक्न चाहने शुरुआती लगानीकर्तालाई लक्षित गर्दै १० दिने अनलाइन तालिम सञ्चालन गर्ने भएको छ। ‘Technical Analysis Training for Beginners’ नामक तालिममा चार्ट बुझ्नेदेखि कारोबार योजना बनाउनसम्मका विषय समेटिनेछन्।
तालिममा क्यान्डलस्टिक चार्ट तथा प्याटर्न, सपोर्ट र रेसिस्टेन्स, ट्रेन्डलाइन, मुभिङ एभरेज र फिबोनाची रिट्रेसमेन्टबारे सिकाइनेछ। साथै, आरएसआई र एमएसीडीजस्ता प्राविधिक सूचक प्रयोग गरी मूल्यको गति र सम्भावित ट्रेन्ड परिवर्तनका संकेत अध्ययन गर्ने अभ्यास गराइनेछ।
त्यसैगरी, कारोबार परिमाण (भोल्युम) विश्लेषण, डाउ थ्योरी तथा विभिन्न समयावधिका चार्ट तुलना गर्ने विषय पनि पाठ्यक्रममा समावेश छन्। सहभागीले वास्तविक पैसा प्रयोग नगरी कारोबारको अभ्यास गर्न सकिने पेपर ट्रेडिङ तथा टीएमएस र मेरोशेयरको प्रयोगबारे समेत जानकारी पाउनेछन्।
तालिममा जोखिम व्यवस्थापन र ट्रेडिङ मनोविज्ञानलाई पनि प्राथमिकता दिइएको छ। लगानीको आकार निर्धारण, जोखिम र सम्भावित प्रतिफलको अनुपात बुझ्ने तथा डर र लोभलाई नियन्त्रण गर्दै अनुशासित कारोबार गर्ने विषयमा समेत प्रशिक्षण दिइनेछ।
तालिममा सहभागी हुन वित्तीय बजारको आधारभूत ज्ञान उपयोगी हुने भए पनि अनिवार्य भने नरहेको जनाइएको छ। इच्छुक व्यक्तिले दर्ता फारम भरेर तालिममा सहभागी हुन सक्नेछन्। तालिमको पाठ्यक्रमबारे थप जानकारी शेयर हबको तालिम पृष्ठमा उपलब्ध रहेको छ।

प्रतिकृया