पञ्चकन्या माई हाइड्रोपावर लिमिटेडले आफ्नो ९.९८ मेगावाट क्षमताको अप्पर माई जलविद्युत् आयोजना पुनः सञ्चालनमा ल्याएको छ।
कम्पनीका अनुसार आयोजनाको Expansion Joint मा अत्यधिक पानी चुहावट भएपछि मर्मतका लागि सुरुङ पूर्ण रूपमा खाली गर्नुपर्ने भएकाले गत भदौ २१ गते साँझ ६ः१० बजेदेखि आकस्मिक रूपमा विद्युत् उत्पादन बन्द गरिएको थियो।
Expansion Joint को मर्मत सम्पन्न भएपछि अप्पर माई जलविद्युत् आयोजना असोज १६ गते दिउँसो ३ः०२ बजेदेखि पुनः सञ्चालनमा आएको कम्पनीले जनाएको छ। आयोजना सञ्चालनमा आएसँगै विद्युत् उत्पादनसमेत सुचारु भएको छ।

प्रतिकृया