पञ्चकन्या माई हाइड्रोपावर लिमिटेडले सञ्चालन गर्दै आएको ९.९८ मेगावाट क्षमताको अपर माई जलविद्युत आयोजनाको विद्युत उत्पादन बन्द भएको छ। अत्यधिक वर्षाका कारण आयोजनाको टनेल आउटलेट क्षेत्रमा रहेका एक्सपान्सन जोइन्टबाट ठूलो मात्रामा पानी चुहावट भएपछि उत्पादन रोकिएको कम्पनीले जनाएको छ।
कम्पनीका अनुसार एक्सपान्सन जोइन्टको मर्मत गर्न टनेल पूर्ण रूपमा खाली गर्नुपर्ने भएकाले २०८३ भदौ २१ गते बेलुकी ६ः१० बजेदेखि विद्युत उत्पादन बन्द गरिएको हो।
कम्पनीले उक्त एक्सपान्सन जोइन्टको यथाशीघ्र मर्मत तथा सम्भार गरी विद्युत उत्पादन पुनः सञ्चालन गर्ने जानकारी दिएको छ।


प्रतिकृया