साताको पहिलो दिन आइतबार सेयरबजारले सुखद सुरुवात गरेको छ। आज सेयरबजार परिसूचक नेप्से २२.१० अंकले बढेर २०५२.६५ अंकको बिन्दुमा बन्द भएको हो। दिनभरको कारोबारमा १९४ कम्पनीहरुको सेयरमूल्य बढेको छ भने ४६ कम्पनीहरुको सेयरमूल्य घटेको छ। यस्तै ४ कम्पनीहरुको सेयरमूल्यमा भने कुनै परिवर्तन देखिएको छैन।
दिनभरको कारोबारमा २ अर्ब ९९ करोड रुपैयाँको सेयर खरिदबिक्री भएको छ भने सबैभन्दा बढी कारोबार हुनेमा क्रमशः शिवम् सिमेन्ट लिमिटेड, सोनपुर मिनरल्स एण्ड ओएल लिमिटेड, जोशी हाईड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेड, हाथवे इन्भेष्टमेन्ट नेपाल लिमिटेड रहेका छन्।आज सबैभन्दा बढी माइक्रोफाइनान्स उपसमूह ४.२१% ले बढेको छ। यस्तै अन्य उपसमूह सकारात्मक देखिँदा हाइड्रोपावर उपसमूहमा मात्र गिरावट आएको छ।











![नेप्सेमा बटम बन्यो? मौद्रिक नीति, असार मसान्त र सेबोन नेतृत्वले बजारलाई कहाँ पुर्याउला ?[भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/07/9c2JAZtEdNU-maxresdefault-150x150.jpg)
![सानिगाडको IPO परेको छ ? अब के होला ? Long Term Hold गर्दा के होला ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/07/maxresdefault-150x150.jpg)




प्रतिकृया