insta insta

आरम्भ चौतारी लघुवित्तमा जागिर खुल्यो, कुन कुन पदमा दिन सकिन्छ आवेदन ?

आरम्भ चौतारी लघुवित्तमा जागिर खुल्यो, कुन कुन पदमा दिन सकिन्छ आवेदन ?
Advertisement Ads

आरम्भ चौतारी लघुवित्त वित्तीय संस्था लिमिटेडले विभिन्न पदमा कर्मचारी माग गरेको छ। नेपाल राष्ट्र बैंकबाट ‘घ’ वर्गको इजाजतपत्र प्राप्त राष्ट्रिय स्तरको यो लघुवित्त संस्था सातवटै प्रदेशका ५३ जिल्लामा फैलिएका १३५ शाखामार्फत लघुवित्त कार्यक्रम सञ्चालन गरिरहेको छ। संस्थाले सूचना प्रकाशित भएको मितिबाट १५ दिनभित्र अनलाइनमार्फत दरखास्त दिन योग्य नेपाली नागरिकलाई आग्रह गरेको छ। इच्छुक व्यक्तिहरूले संस्थाको वेबसाइटमा गएर ‘Career’ भित्रको ‘Apply Now’ मा क्लिक गरी आवेदन दिन सक्नेछन्।

वित्तीय संस्थाले व्यवस्थापकीय तहमा २ जना नायव प्रवन्धक (विभागीय प्रमुख) वा सहायक प्रवन्धक मागेको छ। नायव प्रवन्धकका लागि चार्टर्ड एकाउन्टेन्सी (CA) उत्तीर्ण गरेको र बैंक तथा वित्तीय संस्थामा कम्तीमा ५ वर्षको अनुभव हुनुपर्नेछ। सहायक प्रवन्धकका लागि कुनै पनि विषयमा स्नातक तह उत्तीर्ण गरी लघुवित्त क्षेत्रमा कम्तीमा ८ वर्षको अनुभव अनिवार्य गरिएको छ। यस्तै, सहायक र वरिष्ठ सहायक पदका लागि केही संख्या माग गरिएको छ। यसका लागि कम्तीमा प्रविणता प्रमाणपत्र तह उत्तीर्ण गरी लघुवित्तमा ३ वर्षको अनुभव आवश्यक छ। प्रशिक्षार्थी सहायक पदमा पनि केही संख्यामा कर्मचारी माग गरिएको छ जसमा कम्तीमा प्रविणता प्रमाणपत्र तह उत्तीर्ण हुनुपर्नेछ। अनुभव भएकालाई प्राथमिकता दिइनेछ।

सबै पदका लागि कम्प्युटर, इन्टरनेट तथा ईमेल सञ्चालनमा राम्रो दक्षता हुनुपर्नेछ। उमेर हद व्यवस्थापकीय तहमा २१ देखि ४५ वर्ष, अधिकृत तहमा २१ देखि ४० वर्ष र सहायक तहमा १८ देखि ३५ वर्ष तोकिएको छ। महिलाका लागि पाँच वर्षको अतिरिक्त छुट दिइनेछ। नेपालबाहिरको शैक्षिक योग्यताको हकमा समकक्षता प्रमाणपत्र अनिवार्य हुनेछ। तलब तथा सुविधा संस्थाको नियमानुसार प्रदान गरिनेछ।

XSXI2liBsDgOrAEKaZyu e1753684106853 https://bajarkochirfar.com/a-job-opening-has-been-opened-at-aarambha-chautari-microfinance-for-which-positions-can-i-apply | %tags

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स