आरम्भ चौतारी लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। प्रकाशित विवरणअनुसार, लघुवित्तको खुद नाफा १३,७८५ प्रतिशतले बढेर ९ करोड ४४ लाख रुपैयाँमा पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा कम्पनीले ६ लाख ८० हजार रुपैयाँ मात्र खुद नाफा कमाएको थियो।
खुद ब्याज आम्दानी बढ्नु र २ करोड ३८ लाख रुपैयाँ इम्पेरमेन्ट चार्ज रिभर्स भएको कारण नाफामा उल्लेख्य वृद्धि भएको हो।
चौथो त्रैमाससम्ममा आरम्भ चौतारी लघुवित्तको खुद ब्याज आम्दानी ३१.८९ प्रतिशतले बढेर ३७ करोड २ लाख रुपैयाँमा पुगेको छ भने सञ्चालन आम्दानी ३१.९२ प्रतिशतले बढेर ४५ करोड ३८ लाख रुपैयाँमा पुगेको छ। यता, इम्पेरमेन्ट चार्ज ४ लाख रुपैयाँबाट ऋणात्मक बाट २ करोड ३८ लाख रुपैयाँ ऋणात्मक भएको छ।
लघुवित्तको खराब कर्जा अनुपात २.०८ प्रतिशतबिन्दुले घटेर २.१३ प्रतिशतमा सीमित भएको छ।
समीक्षा अवधिमा लघुवित्तले ५ अर्ब २५ करोड ४१ लाख रुपैयाँ निक्षेप तथा सापटी संकलन गरी ५ अर्ब ३१ करोड ५२ लाख रुपैयाँ कर्जा प्रवाह गरेको छ। लघुवित्तले ३ अर्ब ३५ करोड रुपैयाँ सापटी लिएको र १ अर्ब ८९ करोड रुपैयाँ निक्षेप संकलन गरेको देखिन्छ।
बैंकको चुक्ता पूँजी ३६ करोड ७१ लाख रुपैयाँ रहेको छ भने वितरणयोग्य नाफा ५ करोड २१ लाख रुपैयाँ र जगेडा कोषमा २० करोड ६२ लाख रुपैयाँ सञ्चित रहेको छ। लघुवित्तको प्रतिसेयर आम्दानी २५ रुपैयाँ ५३ पैसाले बढेर २५ रुपैयाँ ७२ पैसामा पुगेको छ। यस्तै, प्रतिसेयर नेटवर्थ १५६ रुपैयाँ १८ पैसा रहेको छ।
अन्य वित्तीय सूचकहरू हेर्दा, कम्पनीको मूल्य–आम्दानी अनुपात (P/E Ratio) ४२.२८ गुणा, पूँजी कोष–जोखिम भारित सम्पत्ति अनुपात ८.६८ प्रतिशत, कोष लागत ७.३९ प्रतिशत, आधार दर १३.४० प्रतिशत र ब्याजदर मार्जिन ७.६१ प्रतिशत रहेको छ।
अन्य कम्पनीहरूको चौथो त्रैमासको वित्तीय विवरण सहज रूपमा पढ्न हामीलाई Facebook मा Follow गर्नुहोस्।


प्रतिकृया