आरम्भ चौतारी लघुवित्तले बोलायो वार्षिक साधारण सभा, यस्ता छन् प्रस्तावहरु

आरम्भ चौतारी लघुवित्तले बोलायो वार्षिक साधारण सभा, यस्ता छन् प्रस्तावहरु
AdvertisementAds

आरम्भ चौतारी लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्नो दशौँ वार्षिक साधारण सभा बोलाएको छ । सभा बनेपा पार्टी भेन्यूमा बिहान ९ बजेदेखि सुरु हुनेछ।

सभामा अध्यक्षद्वारा प्रस्तुत गरिने आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारित गरिनेछ। साथै, लेखापरीक्षकको प्रतिवेदनसहित २०८१/८२ को वासलात, नाफा–नोक्सान हिसाब, नगद प्रवाह विवरण तथा सम्बन्धित अनुसूचीसहितका वित्तीय विवरणहरू अनुमोदन गरिनेछ।

यस्तै, सभामा सेयर स्वामित्व संरचना परिवर्तन गर्ने तथा अन्य वित्तीय संस्थासँग गाभ्ने/गाभिने वा प्राप्ति (समाहित) गर्ने प्रयोजनका लागि सञ्चालक समितिलाई अख्तियारी दिने विशेष प्रस्ताव प्रस्तुत गरिनेछ।

साधारण सभा प्रयोजनका लागि कम्पनीले  पुस १८ गतेबुक क्लोज गर्ने निर्णय गरेको छ। जस अनुसार, पुस १७ गतेसम्म कायम सेयरधनीले सभामा भाग लिन सक्नेछन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स