आरम्भ चौतारी लघुवित्तले कर्मचारी माग्यो, आवेदन कसरी दिने ?
आरम्भ चौतारी लघुवित्त वित्तीय संस्था लिमिटेडले विभिन्न पदका लागि कर्मचारीको मागेको छ। यस संस्था नेपाल राष्ट्र बैंकबाट “घ” वर्गको इजाजतपत्र प्राप्त, राष्ट्रिय स्तरको वित्तीय संस्था हो, जुन हाल १३५ शाखा कार्यालयहरू मार्फत लघुवित्त कार्यक्रम सञ्चालन गर्दै आएको छ।
इच्छुक योग्य नेपाली नागरिकहरूले हालसालै खिचिएको पासपोर्ट साइजको फोटो, बायोडाटा, नागरिकताको प्रमाणपत्रको प्रतिलिपि, शैक्षिक योग्यता र कार्य अनुभवका प्रमाणपत्रहरू सहित १५ दिन भित्र दरखास्त दिन सक्नेछन्।
आवश्यक पदहरूमा वरिष्ठ अधिकृत/अधिकृत सहायक अधिकृत (कार्यक्रम अधिकृत), सुपरभाईजर/वरिष्ठ सहायक (शाखा प्रवन्धक), र सहायक रहेका छन्। वरिष्ठ अधिकृत पदका लागि स्नातक तह उत्तीर्ण र लघुवित्त वित्तीय संस्थामा ५ वर्ष, ४ वर्ष र ३ वर्षको कार्यानुभव आवश्यक रहेको छ। सुपरभाईजर र वरिष्ठ सहायकका लागि प्रविणता प्रमाणपत्र उत्तीर्ण र लघुवित्त संस्थामा ४ वर्ष (सुपरभाईजर) र ३ वर्ष (वरिष्ठ सहायक) कार्यअनुभव भएको हुनुपर्नेछ। सहायक पदका लागि कम्तीमा प्रविणता प्रमाणपत्र तह उत्तीर्ण र लघुवित्त संस्थामा कार्यानुभव भएकोलाई प्राथमिकता दिइनेछ।
अधिकृत पदका लागि उमेर २१ वर्ष पूरा भई ४० वर्ष ननाघेको र सहायक पदका लागि १८ वर्ष पूरा भई ३५ वर्ष ननाघेको हुनुपर्नेछ, भने महिलाका लागि ५ वर्षको अतिरिक्त छुट छ। दरखास्त फारम संस्थाको वेबसाइटबाट डाउनलोड गर्न सकिन्छ, र थप जानकारीका लागि www.aarambhachautari.com हेर्न सकिन्छ।