इजरायलमा २ हजार ३ सय नेपाली कामदारको लागि आवेदन खुल्यो, यस्तो छ तलब सुविधा

इजरायलमा २ हजार ३ सय नेपाली कामदारको लागि आवेदन खुल्यो, यस्तो छ तलब सुविधा

वैदेशिक रोजगार विभागले इजरायलका दीर्घकालीन स्याहार केन्द्रहरू (Long Term Care Facilities) मा सहायक कामदार (Auxiliary Workers) का लागि ठुलो संख्यामा आवेदन खुला गरेको छ। नेपाल सरकार र इजरायल सरकारबीच भएको श्रम सम्झौताअनुसार कुल २ हजार ३ सय नेपाली कामदारको माग गरिएको छ, जसमा ४० प्रतिशत अर्थात् ९२० पुरुष र ६० प्रतिशत अर्थात् १ हजार ३८० महिलाका लागि कोटा निर्धारण गरिएको छ।

छनोट हुने कामदारले मासिक ६ हजार ४४३.८५ इजरायली शेकेल (करिब ३ लाख ४७ हजार रुपैयाँभन्दा बढी) पारिश्रमिक पाउनेछन्। हप्तामा ६ दिन (कुल ४२ घण्टा) काम गर्नुपर्ने व्यवस्था रहेको छ भने नियमअनुसार ओभरटाइम र वार्षिक बिदाको सुविधा पनि उपलब्ध हुनेछ। सुरुमा १ वर्षको करार रहने र अधिकतम ५ वर्षसम्म नवीकरण गर्न सकिने व्यवस्था गरिएको छ। खानाको खर्च कामदार स्वयंले व्यहोर्नुपर्नेछ भने आवासको व्यवस्था रोजगारदाताले मिलाउने भए पनि सोको खर्च पनि कामदारले नै बेहोर्नुपर्ने सूचनामा उल्लेख छ। आवेदनका लागि २५ देखि ४५ वर्ष उमेर समूहका नेपाली नागरिक योग्य हुनेछन्, जसमा कम्तीमा कक्षा १० उत्तीर्ण गरी अनमी वा सिएमए सम्बन्धी १५ महिने अध्ययन पूरा गरेको वा प्लस टु उत्तीर्ण गरी मान्यता प्राप्त संस्थाबाट केयरगिभिङसम्बन्धी तीन महिने तालिम प्राप्त गरेको हुनुपर्नेछ।

 साथै, न्यूनतम १.५ मिटर उचाइ र ४५ केजी तौल अनिवार्य गरिएको छ। इच्छुक उम्मेदवारले वैदेशिक रोजगार विभागको वेबसाइट ferms.dofe.gov.np मार्फत अनलाइन आवेदन दिन सक्नेछन्, जुन १७ जेठ राति १२ बजेदेखि ७ असार राति १२ बजेसम्म खुला रहनेछ। आवेदनका क्रममा पासपोर्ट, प्रहरी चारित्रिक प्रमाणपत्र, उचाइ–तौल सम्बन्धी स्वघोषणा फाराम तथा गोपनीयता सम्बन्धी मन्जुरीनामा फाराम अपलोड गर्नुपर्ने विभागले जनाएको छ।

Advertisement Ads

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

1 Comment
Oldest
Newest Most Voted
Bir kunwar
Bir kunwar
1 month ago

यो विज्ञापन त २०८१ को भनेर त्यहाँ लेखेको छ त

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स