सरकारले निःशुल्क कफी वारिष्टा तालिम दिँदै, कसरी हुने सहभागी ?

सरकारले निःशुल्क कफी वारिष्टा तालिम दिँदै, कसरी हुने सहभागी ?
Advertisement Ads

काठमाडौको लघु, घरेलु तथा साना उद्योग प्रवर्द्धन केन्द्र, त्रिपुरेश्वरले आर्थिक वर्ष २०८२/०८३ का लागि उद्यमशीलता विकास तालिम सञ्चालन गर्ने भएको छ।

केन्द्रले सूचना प्रकाशित गर्दै इच्छुक नेपाली नागरिकलाई १५ दिनभित्र अनलाइन वा प्रत्यक्ष आवेदन दिन आह्वान गरेको हो।

यसअन्तर्गत त्रिपुरेश्वरस्थित केन्द्रको भवनमै ४० घण्टाको उद्यमशीलता विकास तालिममा २१० जना र १६० घण्टाको कफी वारिष्टा उद्यमशीलता तालिममा ६० जना प्रशिक्षार्थी सहभागी गराइनेछ। तालिममा सहभागी हुन कुनै शुल्क लाग्ने छैन भने न्यूनतम १६ वर्ष उमेर पुगेका, साधारण लेखपढ गर्न सक्ने नेपाली नागरिकले आवेदन दिन सक्नेछन्।

आवेदकले नागरिकता, फोटो, शैक्षिक प्रमाणपत्र, लक्षित समूहसम्बन्धी कागजात (लागू भएमा) र अधिकतम २ पृष्ठको व्यवसायिक योजना अनलाइनमार्फत पेश गर्नुपर्नेछ। प्राप्त आवेदनमध्ये योग्य उम्मेदवारलाई कार्यविधि अनुसार छनोट गरिनेछ र छनोट नतिजा केन्द्रको वेबसाइटमार्फत सार्वजनिक गरिनेछ।

आवेदन दिने अन्तिम मिति २०८२ चैत २२ गते कार्यालय समयभित्र तोकिएको छ।

Advertisement Ads

download 4 scaled https://bajarkochirfar.com/the-government-is-providing-free-coffee-barista-training-how-to-participate | %tags download 1 2 scaled https://bajarkochirfar.com/the-government-is-providing-free-coffee-barista-training-how-to-participate | %tags download 2 1 scaled https://bajarkochirfar.com/the-government-is-providing-free-coffee-barista-training-how-to-participate | %tags download 3 1 https://bajarkochirfar.com/the-government-is-providing-free-coffee-barista-training-how-to-participate | %tags

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स