सेबोन अध्यक्ष बन्ने अवसर: ३० देखि ६५ वर्ष उमेर समूहका विज्ञले ७ दिनभित्र अर्थ मन्त्रालयमा आवेदन दिन सक्ने

सेबोन अध्यक्ष बन्ने अवसर: ३० देखि ६५ वर्ष उमेर समूहका विज्ञले ७ दिनभित्र अर्थ मन्त्रालयमा आवेदन दिन सक्ने
Advertisement Ads

नेपाल धितोपत्र बोर्ड (सेबोन) को रिक्त अध्यक्ष पदका लागि दरखास्त आह्वान गरिएको छ।

सरकारद्वारा गठन गरिएको सिफारिस समितिले मंगलबार सूचना जारी गर्दै इच्छुक योग्य नेपाली नागरिकलाई आवेदन दिन आग्रह गरेको हो। सूचना प्रकाशित भएको मितिले ७ दिनभित्र अर्थात् वैशाख २१ गतेसम्म कार्यालय समयभित्र अर्थ मन्त्रालय अन्तर्गत वित्तीय क्षेत्र व्यवस्थापन तथा संस्थान समन्वय महाशाखास्थित सचिवालयमा व्यक्तिगत विवरण पेश गर्नुपर्नेछ।

नयाँ अध्यक्ष सिफारिसका लागि राष्ट्रिय योजना आयोग का उपाध्यक्ष डा गुणाकर भट्ट को संयोजकत्वमा तीन सदस्यीय समिति गठन गरिएको छ। समितिमा अर्थसचिव घनश्याम उपाध्याय र पूर्व बैंकर भुवनकुमार दाहाल सदस्य रहेका छन्।

समितिले प्राप्त आवेदनको मूल्यांकन गरी योग्य उम्मेदवार छनोट गर्ने र अन्तिम सिफारिस सरकारसमक्ष पेश गर्नेछ।

योग्यता के चाहिन्छ ?

अध्यक्ष बन्न इच्छुक उम्मेदवारले:

मान्यता प्राप्त विश्वविद्यालयबाट कम्तीमा स्नातकोत्तर उपाधि हासिल गरेको हुनुपर्ने

पूँजी बजार, वित्त, अर्थशास्त्र, व्यवस्थापन, वाणिज्य वा कानून क्षेत्रमा कम्तीमा ७ वर्षको अनुभव भएको हुनुपर्ने

उच्च नैतिक चरित्र भएको नेपाली नागरिक हुनुपर्ने

उमेर ३० वर्ष पूरा भई ६५ वर्ष ननाघेको हुनुपर्ने

यसका साथै भ्रष्टाचार, सम्पत्ति शुद्धीकरण, लागूऔषध कारोबार लगायतका गम्भीर कसूरमा सजाय पाएका वा कालोसूचीमा रहेका व्यक्तिहरू अयोग्य मानिनेछन्।

के-के कागजात चाहिन्छ ?

आवेदनसँगै:

बायोडाटा

नागरिकताको प्रतिलिपि

शैक्षिक योग्यता र अनुभव प्रमाणित कागजात

तोकिएको ढाँचाको स्वघोषणा

पेश गर्नुपर्नेछ।

ministry of finance https://bajarkochirfar.com/opportunity-to-become-sebon-chairman-experts-aged-30-to-65-can-apply-to-the-ministry-of-finance-within-7-days | %tags

PDF Document
Open in New Tab

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स