नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा आज बुधबार साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडको बोनस सेयर र युनाइटेड अजोड इन्स्योरेन्स लिमिटेडको हकप्रद सेयर सुचीकृत भएको छ ।
साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडको ९.५ प्रतिशत अर्थात ३ लाख ४ हजार ६८१.१०७२ कित्ता बोनस सेयर सूचीकृत भएको हो । उक्त बोनस सेयर सम्बन्धित सेयरधनीको डिम्याट खातामा आएपछि कारोबार गर्न सकिनेछ ।

त्यस्तै, युनाइटेड अजोड इन्स्योरेन्सको २३ लाख १० हजार कित्ता हकप्रद सेयर सूचीकृत भएको हो। कम्पनीले आफ्ना सेयरधनीलाई जारी गरेको १० प्रतिशत हकप्रद सेयर सूचीकरण गरिएको हो। उक्त हकप्रद सेयर नेप्सेमा सूचीकृत भएसंगै अब सेयरधनीको डिम्याट खातामा जम्मा भएपछि मात्र कारोबार गर्न सकिनेछ ।


प्रतिकृया