साल्ट ट्रेडिङ्ग कर्पोरेशन लिमिटेडले घोषणा गरेको लाभांश सुरक्षित गर्ने आज (जेठ १२ गते) अन्तिम दिन रहेको छ। साधारणसभा तथा लाभांश वितरण प्रयोजनका लागि कम्पनीले भोलि (जेठ १३ गते) देखि जेठ २९ गतेसम्म बुक क्लोज गर्नेछ।
कम्पनीले हाल कायम चुक्ता पूँजीमा ९.५० प्रतिशत बोनस सेयर र ०.५० प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको छ। उक्त प्रस्ताव पारित गर्न कम्पनीले जेठ २९ गते शुक्रबार काठमाडौंको भद्रकालीस्थित त्रिभुवन आर्मी अफिसर्स क्लबमा बिहान ११ बजे ५९औं वार्षिक साधारणसभा बोलाएको छ।
सभामा ऋण सुविधा लिने, कम्पनीको प्रबन्धपत्र तथा नियमावली स्वीकृत गर्ने, गत आर्थिक वर्षको वित्तीय विवरण पारित गर्ने, चालू आर्थिक वर्षका लागि लेखापरीक्षक नियुक्त गरी पारिश्रमिक निर्धारण गर्ने तथा सञ्चालक नियुक्ति अनुमोदन गर्ने लगायतका प्रस्तावहरू छलफल तथा पारित गरिनेछ।





![फण्डामेन्टल र टेक्निकल भन्दा निकै इफेक्टिभ विश्लेषण यसरी गर्नुहोस् [भिडियोसहित]](https://i0.wp.com/bajarkochirfar.com/wp-content/uploads/2026/06/maxresdefault.jpg?fit=640%2C360&ssl=1)







![फण्डामेन्टल र टेक्निकल भन्दा निकै इफेक्टिभ विश्लेषण यसरी गर्नुहोस् [भिडियोसहित]](https://i0.wp.com/bajarkochirfar.com/wp-content/uploads/2026/06/maxresdefault.jpg?resize=150%2C150&ssl=1)


प्रतिकृया